२९ चैत्र २०८१, शुक्रबार | April 11, 2025

लायन्स बुटवल सनराईजको अध्यक्षमा पाण्डे, लायन्स क्लवबाट खबरकुरा सम्बाददाता स्वस्तिक श्रेष्ठ सम्मानित



बुटवल । लायन्स क्लब अफ बुटवल सनराइजको पद हस्तान्तरण सम्पन्न भएको छ । सोमबार एक समारोहका बिच वर्ष २०२१/२०२२ का नवनिर्वाचित अध्यक्ष शंकर पाण्डेलाई वर्ष २०२०/२०२१ का अध्यक्ष समुन्द्र श्रेष्ठले पद हस्तान्तरण गरेका छन ।
कार्यक्रममा डिष्ट्रिक ३२५ बि २ का सेकेण्ड भ्वाईस गभर्नर नवराज न्यौपानेले उद्घाटन गर्दै क्लबहरु आर्थिक रुपमा बलियो हुदा रचनात्मक काम गर्न सहज हुने बताए । दुरदर्शिता र पारदर्शिता हुन सकेमात्र संस्थाको निरन्तरता पाउन सक्ने भएकाले पनि यसलाई निरन्तरता दिन सुझाव दिए ।

कार्यक्रममा वर्ष २०२०/२०२१ का अध्यक्ष समुन्द्र श्रेष्ठले आफ्नो कार्यकालमा धेरै कार्यक्रमहरु गर्ने योजना बनाएको भएपनि कोभिड १९ संक्रमण र निषेधाज्ञाका कारण पुरा गर्न असमर्थ भएको भन्दै दुखेसो गरे ।

नवनिर्वाचित वर्ष २०२१/२०२२ का अध्यक्ष शंकर पाण्डेले आफ्नो कार्यकालमा लायन्स ईन्टरनेश्नललाइ पछ्याउदै नमुना गतिविधिलाई समावेश गरेर अघि बढाउने बताए । मानवमात्र नभई पर्यावरण जगाउन ईको सिस्टमका लागि समेत आईकोनिक युथ फर एनिमलका फाउण्डर राजन गौडेलको संस्थासंग सहकार्य गर्ने बताए ।

कार्यक्रममा डिष्ट्रिक चिफ कोअर्डिनेटर अर्जुनमान सैजु, सुनिता बजिमय, जोन चेयरप्रसन राजु पौडेल, विनित भट्टराई, सीता भट्टराई, क्लबका सचिव अमर पन्तले अन्य क्लबहरुसंग समन्वय गरेर अघि बढ्ने बताए ।

कार्यक्रममा क्लबको वर्षभरि विभिन्न कार्यक्रमको संयोजक भुमिका निर्वाह गरि सहयोग पुर्याएका पदाधिकारी तथा सदस्यहरुलाई मायाको चिनोबाट सम्मान गरिएको थियो ।

पत्रकार श्रेष्ठ र पौडेललाई सम्मान
यस क्षेत्रमा स्थापनाको पहिलो वर्षमा नै धेरै नमुना काम गरेको लायन्स क्लब अफ बुटवल सनराईजले संचार क्षेत्रमा क्रियाशिल रहेर योगदान दिएका दुई जना पत्रकारहरुलाई नगदसहित सम्मान गरेको छ । डिष्ट्रिक ३२५ बि २ का सेकेण्ड भ्वाईस गभर्नर नवराज न्यौपाने, क्लबका अध्यक्ष समुन्द्र श्रेष्ठले सामाजिक क्षेत्रमा कलम चलाएर योगदान पुर्याएको भन्दै कान्तिपुर टिभि तथा खबरकुराका विशेष सम्वाददाता स्वस्तिक श्रेष्ठ र राज्य टिभिका सम्बाददाता माधव पौडेललाई सम्मानपत्र, दोसल्ला र नगदबाट पुरस्कार गरिएको हो ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ८ : १० बजे

नेपाल प्रहरीले भन्यो – ‘दुर्गा प्रसाईं पक्राउ परेका छैनन्’

काठमाडौँ । राजावादीहरुको हिँसात्मक तीनकुने घटनापछि फरार भएका मेडिकल ब्यवसायी

शिक्षा मन्त्रालय र शिक्षक महासङ्घबीच पहिलो छलफल सम्पन्न

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र आन्दोलनरत नेपाल

दुर्गा प्रसाई भारतको आसाम राज्यबाट पक्राउ, प्रसाईको सचिवालयले भन्यो आफै आत्मसमर्पण

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाई भारतबाट पक्राउ परेका छन्

‘संविधान कार्यान्वयनको अवस्थाबारे समीक्षा गरौँ’

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयनको अवस्थाबारे

अर्घाखाँचीमा चट्याङ लागेर वृद्धको मृत्यु

अर्घाखाँची । जिल्लाको भूमिकास्थान नगरपालिकामा चट्याङ लागेर एकजनाको मृत्यु भएको