२९ फाल्गुन २०८१, बिहिबार | March 13, 2025

प्रधानमन्त्री देउवाद्वारा विश्वासको मत हासिल; पक्षमा १६५ मत, विपक्षमा ८३, तटस्थ १



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा भएको मतदानमा प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गरेका हुन् ।

देउवाको पक्षमा १६५ मत आएको छ भने विपक्षमा ८३ मत मात्र परेको छ । तटस्थमा १ मत मात्र परेको छ । प्रतिनिधिसभाका हाल कायम रहेका २७१ सदस्यहरुमध्ये जम्मा २४९ मत खसेको थियो । २१ जना सांसद अनुपस्थित रहे ।

विश्वासको मत हासिल गर्न १३६ मत भए पुग्छ ।

देउवालाई उनको दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा, राष्ट्रिय जनमोर्चाले पुरै मतदान गरेका छन् ।

यसैगरी नेकपा एमालेको माधवकुमार नेपाल पक्षका केही सांसद र ओली पक्षका केही सांसदले समेत देउवालाई मतदान गरेका छन् ।

संविधानको धारा ७५ को उपधारा ५ अनुसार राष्ट्रपति समक्ष दाबी पेश गर्दा देउवाको पक्षमा १४९ जना सांसदको समर्थन रहेको थियो । तर, सो दाबीलाई राष्ट्रपतिले अस्वीकार गर्दै संसद नै विघटन गरेपछि त्यसको विरुद्धमा १४६ जना सांसदहरुले सर्वोच्च अदालतमा शशरीर उपस्थित भएर रिट निवदेन दर्ता गराएका थिए ।

देउवाले प्रधानमन्त्रीमा नियुक्त भएको एक साता नवित्दै र पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो दिनको दोस्रो बैठकमै विशाल मतका साथ विश्वासको मत हासिल गरेका छन् ।

प्रतिनिधिसभाको अर्को बैठक साउन ८ गते शुक्रबार बस्ने भएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  १० : ०२ बजे

समुन्नत मुलुक निर्माण गर्ने दिशातर्फ क्रियाशील बनौं : माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

रेशम हराएपछि किम्बु बन्यो पशु आहारा, तीन लाख बिरुवा उत्पादन हुँदै

चितवन । व्यावसायिक रुपमा रेशमखेती गर्ने किसान नभएपछि यहाँ उत्पादन

‘सशक्तीकरणका निम्ति नेपाल प्रतिबद्ध छ’

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले

होलीमय मिथिला

महोत्तरी । महोत्तरीसहितका मिथिला क्षेत्रमा फागु खेल्न फागुन पूर्णिमा कुर्नु

मर्यादित र सभ्य तरिकाले होली मनाउन सभामुख घिमिरेको अपिल

काठमाडौं । सभामुख देवराज घिमिरेले फागुपूर्णिमा (होली) पर्व संस्कार, सभ्यता