२३ भदौ २०८१, आइतबार | September 8, 2024

बालुवाटार छोड्नुअघि प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्ने



काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि पदबाट हट्न बाध्य प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छोड्नुअघि देशबासीका नाममा सम्बोधन गर्नेभएका छन् ।

सर्वोच्चले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिका नाममा परमादेश जारी गरेपछि प्रधानमन्त्री ओली स्वतः बर्हिर्गमनमा परेका ओलीले आफ्ना कुरा सबैलाई सुनाएर बालुवाटार छोड्न लागेका हुन् ।

ओली र उनको पार्टी नेकपा एमालेले सर्वोच्चको फैसलाप्रति असन्तुष्टि जनाए पनि त्यसलाई सम्मान गर्ने जनाएका छन् । एमालेले फैसला कानूनी र संवैधानिक नभए राजनीतिक उद्देश्ययुक्त भएको टिप्पणी गरिसकेको छ ।

दिउँसो २ बजे गर्ने सम्बोधनमा प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा भएका राम्रा कामको फेरि एकपटक व्याख्या गर्ने भएका छन् । उनले आफुलाई कसरी र किन पदबाट हटाइयो भन्ने बारेमा पनि जानकारी गराउने भएका छन् ।

साँझ ५ बजे शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयले तयारी गरिसकेको छ । प्रधानमन्त्री ओलीले त्यसअघि नै सम्बोधन गरेर बालुवाटारस्थित प्रधानमन्त्री निवास छोड्न लागेका हुन् ।  ओली आजै आफ्नो निजी निवास भक्तपुरको बालकोट सर्ने भएका छन् ।

ओलीले दिउँसो २ बजे देशबासीका नाममा सम्बोधन गर्नेभएपछि आजे दिउँसो १ बजेदेखि बालुवाटारमै बोलाईएको स्थायी कमिटी बैठक स्थगित गरिएको छ ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ११ : ११ बजे

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव यथावत

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा यसको

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,