२८ मंसिर २०८२, आइतबार | December 14, 2025

कोभिड-१९ परिक्षण गर्ने पिसिआर बुटवल आइपुग्यो, केहिदिन भित्र प्रयोगशाला संचालन



बुटवल । प्रदेश ५ सरकारले प्रदेशको ३ स्थानमा स्थापना गर्न लागेको कोभिड १९ परिक्षण प्रयोगशालाका लागि संघिय सरकारले पठाएको पिसिआर मेसीन आज बुटवल आइपुगेको छ ।

चैत्र १० गते प्रयोगशाला स्थापना गर्ने प्रदेश सरकारको निर्णय अनुसार पिसीआर सहित परिक्षणको लागि आवश्यक अन्य उपकरणहरु पनि आजै बुटवल आइपुगेको हो ।

रुपन्देहीको भैरहवा स्थित गहुंबाली अनुसन्धान केन्द्रमा प्रदेश स्तरिय प्रयोगशाला स्थापना भएपछि कोभिड १९ को स्वाव परिक्षण रिपोर्ट तत्काल आउने र संक्रमणको आशंकीतहरुले धेरै समय कुर्न नपर्ने प्रदेश सरकारले अपेक्षा गरेको छ ।

संघिय सरकारले पठाएको पोलिमेरेज चेन रिएक्सन पिसीआरको संचालनका लागि तिब्र गतिमा काम भईरहेको प्रदेश जन स्वास्थ्य प्रयोगशाला प्रमुख राजेन्द्र गिरीले जानकारी दिनुभयो ।

गिरीका अनुसार पिसिआरले प्रत्यक दिन १६ वटा स्वाव नमुना संकलनको जांच गर्नेछ । प्रयोशगशाला नभएकै कारण केन्द्रिय प्रयोगशालामा नमुना पठाउन ढिलो हुंदा बुटवलमा एकजनाको ज्यान समेत गएको छ ।

प्रदेश प्रयोगशाला प्रमुख गिरीले प्रयोगशाला स्थापनाको काम तिब्र गतिमा भईरहेकाले केहि दिनमा प्रयोगशाला संचालनमा आउने जानकारी दिनुभयो ।

मेसिन सहित प्राबिधीकहरुका लागि पर्सनल प्रोटेक्ट इकुमेण्ट, नमुना संकलनका लागि आवश्यक किट तथा नमुना ट्रान्सपोटेसनका लागि फ्रीज बक्सहरु समेत संघिय सरकारले बुटवल पठाएको छ ।

प्रदेश सरकारले रुपन्देही सहित दाङको बेलझुण्डी र नेपालगन्जको भेरी अस्पतालमा कोभिड १९ को परिक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ५ : २१ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%