काठमाडौं । एमाले विवाद मिलाउ गठित कार्यदलको आजको बैठक साँझ ७ बजे पुनः बस्ने गरि स्थगित भएको छ । आन्तरिक गृहकार्य गर्नका लागि भन्दै नेकपा एमालेको कार्यदलको बैठक स्थगित भएको हो ।
कार्यदलको बैठकमा भएको सहमतिलाई अन्तिम रुप दिनका लागि आन्तरिक गृहकार्य गर्न बैठक केहि समयका लागि स्थगित गरिएको कार्यदलका एक सदस्यले बताए । बैठक स्थगित भएलगत्तै ओली पक्षर नेपाल पक्षका कार्यदलका सदस्यहरु छुट्टाछट्टै आन्तरिक छलफलमा जुटेका छन् ।
बुधबारको बैठकले आज ११ बजेका लागि बैठक तय गरेपनि नेपाल पक्षका कार्यदलका संयोजक वरिष्ठ नेता माधव नेपालसँगको परामर्शमा व्यस्त भएपछि १२ बजे मात्र बैठक शुरु भएको थियो । आजै बिहान कार्यदलका सदस्य एवं अर्थमन्त्री विष्णु पौडेल र उपाध्यक्ष रावलकाबीच झण्डै २ घण्टा सम्बाद भएको थियो ।
बुधबार साँझ अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच सहमति हुन नसकेपनि कार्यदलले छलफललाई निरन्तरता दिएको छ ।
प्रतिक्रिया