२१ कार्तिक २०८१, बुधबार | November 6, 2024

कोपा अमेरिका : टाईब्रेकरमा कोलम्बियालाई हराउँदै अर्जेन्टिना फाइनलमा प्रवेश



काठमाडौं । अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको खेलमा कोलम्बियालाई टाईब्रेकरमा हराउँदै अर्जेन्टिना उपाधि नजिक पुगेको हो ।

खेलको निर्धारित समयमा १-१ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट गरिएको थियो । जसमा अर्जेन्टिनाले ३-२ ले जित हासिल गरेको हो ।

टाईब्रेकरमा अर्जेन्टिनाका लागि लियोनल मेस्सी, लौटारो मार्टिनेज र लियनार्दो डेनियल पेरेडेसले गोल गरेका थिए । अर्जेन्टिनाका रोड्रिगो डी पाउलको टाइब्रेकरमा गोल गर्न चुकेका थिए ।

कोलम्बियाका जुआन काउड्राडो र मिगुएल बोरजाले गोल गरेका थिए । डेभिन्सन साञ्चेज, यारी मिना र इडविन कार्डोनाको प्रयास असफल भयो ।

यसअघि लौटारो मार्टिनेजको गोलबाट अर्जेन्टिनाले अग्रता लिएको थियो । दोस्रो हाफमा लुइस डियाजको गोलमार्फत गोल गरेपछि खेल १-१ को बराबरीमा पुगेको थियो ।

जितसँगै अब अर्जेन्टिनाले उपाधिका लागि ब्राजिलसंग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  १० : ३५ बजे

छठका लागि भारतबाट ५० लाखका केरा आयात

महोत्तरी । जिल्ला सदरमुकाम जलेश्वरमा छठपर्वमा बिक्री गर्ने उद्देश्यले व्यवसायीले

भुइँकटहर खेतीबाट वार्षिक रु १५ लाखसम्म आम्दानी गर्दै विष्ट

सुनसरी । बराहक्षेत्र नगरपालिका-६ का अर्जुन विष्टले २०७७ सालमा नेपाल

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

जलेश्वर । मिथिलाञ्चलमा दाजुभाई तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा

छठ पर्वमा बाग्मती नदीमा धाप ड्यामको पानी छाडिने

काठमाडौं । पछिल्ला केही वर्षयता काठमाडौंमा पनि छठ पर्वलाई धुमधामसँग

राष्ट्रपति पौडेल कोप-२९ मा भाग लिन आइतबार अजरबैजान जाँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु