१४ पुस २०८१, आइतबार | December 29, 2024

विश्व स्वास्थ्य संगठन (WHO)को चेतावनी : एसियामा महामारी नियन्त्रणमा आउन बाँकी



एजेन्सी । विश्व स्वास्थ्य संंगठन (WHO) ले एसियामा कोरोनाभाइरसको महामारीको अवस्था अझै नियन्त्रणमा नआएको भन्दै चेतावनी जारी गरेको छ ।

संगठनका क्षेत्रीय निर्देशक ताकेशी कासाईले एसियामा देखिएको स्थिर अवस्थाको लाभ लिँदै देशहरूले समुदायमा कोरोनाभाइरस थप फैलिन नदिने अवस्था सिर्जना गर्न जोड दिएका बिबिसीले जनाएको छ ।

अन्य देशमा महामारी फैलिने क्रम जारी रहेको बताउँदै उनले भाइरसलाई नियन्त्रणमा लिन सफल भएका एशियाली देशले पनि आफ्नो सुरक्षा व्यवस्था कमजोर हुन नदिने वातावरण तयार गर्नुपर्ने सुझाव दिएका छन्।

चीन, दक्षिण कोरिया, सिङ्गापुर लगायतका देशले कोरोनाभाइरस नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेका विवरण आइरहेका भन्दै उनले अन्य देशले ती देशबाट शिक्षा लिनुपर्नेमा जोड दिएका छन् ।

चीनमा निकै कडा प्रतिबन्धहरू पछि भाइरस नियन्त्रणको अन्तिम अवस्थामा पुगेको भन्दै उनले ताइवानमा कडा प्रतिबन्ध नलगाईकनै भाइरस नियन्त्रणमा रहेको जानकारी दिएका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ४ : २२ बजे

बुटवल मेला : ममता रानाले हात पारिन व्युटी फेयर २०८१ को उपाधी

बुटवल । बुटवलमा जारी औद्योगिक व्यापार मेलामा सम्पन्न व्युटी फेयर

नेप्से परिसूचक २१ अङ्कले घट्यो

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज

सरकार जनताको जीवनमा परिवर्तन ल्याउन कटिबद्ध छ : प्रधानमन्त्री

पर्सा । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राजनीतिक क्रान्ति भइसकेकाले

श्रीलंकाका लागि सिफारिस राजदुत नेपाली अनुमोदित

काठमाडौं । श्रीलंकाका लागि प्रस्तावित राजदूत पूर्णबहादुर नेपालीलाई सर्वसम्मत रुपमा

पर्यटकको आकर्षक केन्द्र बन्दै जखेरा ताल

दाङ । लमही नगरपालिका–३ मा पर्ने जखेरा ताल पछिल्लो समय