२५ चैत्र २०८१, सोमबार | April 7, 2025

जातीय विभेद गरेका शिक्षा मन्त्री श्रेष्ठले गरे गल्ती महसुस



काठमाडौं । जातीय विभेदलाई प्रश्रय दिँदै जातीय विभेद गरेको आरोपमा पक्राउ परेकी घरबेटी सरस्वती प्रधानलाई थुना मुक्त गराउन दवाव दिने र मन्त्रीको झन्डावाला गाडीमा राखेर घर पुर्याईदिने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले गल्ती महसुस गरेका छन् । उनले सोही विषयमा छलफल गर्न राष्ट्रिय मानव अधिकार आयोगले आयोगको कार्यालय बोलाएपछि त्यहीँ पुगेर आयोगका पदाधिकारी समक्ष गल्ती महसुुस गर्ेका हुन् ।

आयोगका पदापधकारीहरुसँगको छलफलमा मन्त्री श्रेष्ठले गल्ती गरेको महसुस भएको र आइन्दा यस्तो गल्ती नगर्ने बताएका हुन् । गल्ती गरेपछि पनि आफुले ठिकै गरेको दाबी गर्दै आएका मन्त्री श्रेष्ठलाई प्रधानमन्त्री केपी ओलीले आफ्नो कमजोरी सच्याउन निर्देशन दिएपछि मात्र उनले गल्ती महसुस गरेका हुन् ।

जातीय विभेद गरेको आरोपमा पक्राउ परेकी घरबेटी सरस्वती प्रधानलाई रिहा गर्न प्रहरीलाई दवाव दिएको र प्रधानलाई हिरासतबाट छुटाएर मन्त्रीको झन्डावाला गाडीमा राखेर लगेपछि मन्त्री श्रेष्ठ विवादमा तानिएका थिए ।

आयोगले सो प्रकरणमा मन्त्री श्रेष्ठलाई मंगलबार आयोगको कार्यालयमा बोलाएर छलफल गरेको थियो ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  १ : २२ बजे

प्रधानमन्त्रीद्वारा पत्रकार भैरव रिसालको निधनमा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रज पत्रकार भैरव रिसालको निधन

रवि लामिछानेलाई भैरहवा जेलको ब्लक नम्बर ४

भैरहवा । रवि लामिछाने अन्ततः कारागार चलान भएका छन् ।

रास्वपाका सभापति रवि लामिछाने भैरहवा कारागार चलान

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई

होटल पौवामा स्वाद उत्सव तथा सम्मान कार्यक्रम

बुटवल । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ

जनमत-उन्मुक्ति बिच बैशाख १५ मा एकीकरण, पार्टीको नाम जनमत, चुनाव चिन्ह ढकिया

बर्दिया । अन्ततः जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरण