२८ मंसिर २०८२, आइतबार | December 14, 2025

कोरोनाले मृत्यु हुनेको संख्या १९ हजार नजिक, चीनको हुबेई प्रान्तमा आवागमन आजदेखि खुल्ला



एजेन्सी । कोरोनाको उद्गम मुलुक चीनको हुबेई प्रान्तमा आवागमनमा लागेको रोक आजदेखि हटाईने भएको छ ।

अमेरिका, फ्रान्स र ईटालीलगायत विश्वका थुप्रै मुलुकहरु कोरोना भाईरससंग लडिरहेका बेला कोरोना नियन्त्रणमा अधिक सफलता हाँसिल गरेको भन्दै चीनले हुबेई प्रान्तमा आवागमनमा लागेको प्रतिबन्ध हटाउन लागेको हो ।

बुहानमा विगत ३ महिनादेखि जारी लकडाउन अप्रिल ८ मा सकिने चीन सरकारले घोषणा गरेको छ । यो सरकारी घोषणाबाट बुहान र हुबेई प्रान्तका पाँच करोड ६० लाख जनसंख्याले राहतको महशुस गरेका छन ।

बुहानमा विगत पाँच दिनदेखि कोरोना संक्रमणका नयाँ विरामी फेला परेका छैनन् । ईटालीमा कोरोनाबाट ६ हजार ८ सय २० को मृत्यु भएको छ भने ६९ हजार १ सय ७६ जना संक्रमणमा परेका छन । त्यस्तै स्पेनमा २ हजार ९ सय ९१ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ४२ हजार ५८ पुगेको छ ।

ईरानमा १ हजार ९ सय ३४ को मृत्यु भएको छ भने २४ हजार ८ सय ११ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरि अमेरिकामा कोरोना संक्रमितको संख्या ५४ हजार ८ सय ८ पुगेको छ भने मृतकको संख्या ७ सय ७५ पुगेको छ ।

कोरोनाका कारण हालसम्म विश्वभर १८ हजार ८ सय ९२ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ४ लाख २२ हजार ६ सय १४ पुगेको छ । त्यस्तै अहिलेसम्म १ लाख ८ हजार ८ सय ७९ जना निको भएका छन ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  १० : ३६ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%