धनगढी । नेकपा एमालेको सदुरपश्चिम संसदीय दल बैठक जारी छ ।
मुख्यमन्त्री त्रिलोचन भट्टले लिन लागेको विश्वासको मतबारे निर्णय गर्न बैठक बसेको हो । पार्टी विवादको प्रष्ट छायाँ देखिएको एमाले संसदीय दल बैठकमा माधव नेपाल पक्ष र ओली पक्षका सांसदहरु उपस्थित छन् ।
प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका सभामुखबाहेक २४ सांसद रहेका छन् । तर, मुख्यमन्त्रीलाई समर्थन गर्ने या नगर्ने भन्ने विषयमा एमालेभित्र विवाद छ ।
सरकारमा सहभागी भैरहेको माधव पक्षले विश्वासको मत दिनुपर्ने बताएको छ भने विपक्षमा मतदान गर्नुपर्ने अडान राख्दै आएको ओली पक्ष अल्पमतमा रहेको छ । माधव पक्षमा १५ जना, ओली पक्षमा ६ जना सांसद रहेका छन् भने ३ जना तटस्थ रहेका छन् ।
प्रतिक्रिया