२५ चैत्र २०८१, सोमबार | April 7, 2025

रुपन्देहीमा धारिलो हतियार प्रयोग गरि एक युवकको हत्या



बुटवल । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरमा एक युवकको धारिलो हतियार प्रयोग गरि हत्या गरिएको छ । लुम्बिनी साँस्कृतिक नगरपालिका मनौरा निवासी अन्दाजी ३५ बर्षीय महेन्द्र यादवको धारिलो हतियारबाट हथ्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

मृतक यादवको शव घरभन्दा एक किलोमिटर पश्चिम नाला नजिकै घाँटीमा धारिलो हतियार प्रहार गरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए । शंकास्पद अवस्थामा शव फेला परेकाले प्रहरीले अनुसन्धान सुरु गरिसकेको उनले बताए । शव हेर्दा हत्या भएको अनुमान गर्न सकिन्छ, प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ, रहश्य अवश्य खुल्ने छ । डीएसपी थापाले भने ।

मृतकलाई भीम अस्पताल भैरहवामा पोष्टमार्टम गराई आवश्यक अनुसन्धान भईरहेको थापाले बताए ।

मृतक यादवको १ श्रीमती, २ छाेरी र १ छाेरा छन् ।

 

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  ११ : ३३ बजे

रास्वपाका सभापति रवि लामिछाने भैरहवा कारागार चलान

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई

होटल पौवामा स्वाद उत्सव तथा सम्मान कार्यक्रम

बुटवल । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ

जनमत-उन्मुक्ति बिच बैशाख १५ मा एकीकरण, पार्टीको नाम जनमत, चुनाव चिन्ह ढकिया

बर्दिया । अन्ततः जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरण

रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै

बुटवल । बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा सङ्गठित अपराध मुद्दामा

‘संविधान संशोधनको लागि सबै दलहरु मिल्नुपर्छ’ : सांसद आचार्य

काठमाडौं । विसं २०३३ देखि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी