काठमाडौ । प्रधानमन्त्री केपी ओलीले चार वर्षअघि शिलान्यास गरेको ललितपुरको बुङमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिर पुनर्निर्माण अलपत्र परेको छ ।
मच्छिन्द्रनाथ मन्दिर १२ वैशाख ०७२ को भूकम्पले क्षतिग्रस्त भएको थियो ।
ओलीले अघिल्लोपटक प्रधानमन्त्री भएका वेला २ माघ ०७२ मा राष्ट्रिय भूकम्प सुरक्षा दिवसका दिन रातो मच्छिन्द्रनाथ मन्दिर पुनर्निर्माणको शिलान्यास गर्नुभएको थियो ।
तर, एक वर्षदेखि मन्दिर पुनर्निर्माणका सम्पूर्ण काम अलपत्र परेको छ ।
आजको नयाँ पत्रिका दैनिकमा विजय कार्कीले यो समाचार लेख्नुभएको छ ।
प्रतिक्रिया