३१ भदौ २०८१, सोमबार | September 17, 2024

कोरोना कहर : भण्डारमै थन्किए अलैंची र अदुवा



इलाम । कोरोनाका कारण भारत निकासी हुन नसकेपछि कृषिजन्य वस्तु भण्डारमै थन्किएका छन । निकासी हुने मुख्य सिजनमै कोरोनाले नाका र भारतीय बजार बन्द भएपछि नेपाली कृषिजन्य पदार्थ निर्यात हुन नसकेको हो ।

चैत र वैशाख महिना कृषिजन्य वस्तु निर्यात हुने मुख्य ‘सिजन’ हो । यो सिजनमा मूल्य उल्लेखनीय पाइने भएकाले नेपाली व्यवसायीले भारतमा कारोबार गर्छन । यसपटक कोरोनाको नयाँ भेरियन्टका कारण भारतीय बजार सुस्ताएको छ । साथै भारतीय बजार तथा भारत प्रवेश गर्ने नाका पनि नाका बन्द छन ।

अहिले नेपालमा उत्पादित अलैंचीमध्ये ३० प्रतिशत व्यवसायीसँगै रहेको अलैंची व्यवसायी संघका सचिव मातृका घिमिरे बताउँछन् । ‘बजार त डामाडोल भएको छ । कसरी विस्तार गर्ने पत्तो छैन,’ उनले भने । घिमिरेका अनुसार अबको ३ महिनामा नयाँ अलैंची उत्पादन हुन्छ । नयाँ अलैंची उत्पादन भएपछि पुरानोले बजार पाउँदैन । त्यसै पनि पछिल्लो समय अलैंचीको बजार खस्किएको छ ।

‘अहिले किसानले ल्याएको अलैंची लिन सक्ने तागत हामीमा छैन । प्रतिमन (४० किलो) को २४ हजारका दरले दामकाम गरिदिने गरेको छ,’ घिमिरेले भने, ‘झापा भएर जाने हो अलैंची । झापामै पनि कोरोनाको जोखिम धेरै छ । यो जोखिम मोल्न सक्ने सामथ्र्य छैन ।’ अहिले भारत अलैंचीको मुख्य बजार हो । यसैले पनि भारतले राखेको बजार मूल्यमा किसान/व्यवसायीले फसल बेच्नुपर्छ ।

भारतमा समस्या आएपछि नेपाली वस्तुले बजार पाउँदैन र कम मूल्यमा बुझाउनु पर्छ । भारतले कृत्रिम झमेला निकाल्ने गर्छ । ‘यतिबेला कोरोनाका कारण मान्छे मरिरहेका छन् । हामीले हाम्रो उत्पादित सामग्री बेच्न पाऊँ भन्न पनि सक्दैनौं,’ इलाम बिब्ल्याँटेका व्यवसायी कृष्ण पौडेलले भने, ‘पूरै वस्तु भण्डारण गरेर बस्नु परेको छ ।’ रासस

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ८ : ५२ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित