२५ चैत्र २०८१, सोमबार | April 7, 2025

असिनापानीले तरकारी र गहु बाली नष्ट, किसान चिन्तित



बाजुरा । शनिबार बाजुरामा परेको असिनापानीले पाक्न लागेको गहुँबाली, तरकारी तथा फलफूल खेतीमा क्षति पुर्याएको छ । कृषि ज्ञान केन्द्र बाजुराका अनुसार जिल्लाको तल्लो भेगका बूढीगङ्गा, बडीमालिका नगरपालिका सहित अधिकांश स्थानीय तहका अन्न बालीमा करिब एक घण्टा बढी समयसम्म परेको असिनापानीले नष्ट पारेको छ ।

पाक्न लागेको गहुँ, पाकिसकेको जौ र तरकारी बाली नष्ट भएपछि किसान चिन्तित भएका छन् । केन्द्रका सूचना अधिकारी मीनप्रसाद जैशीले असिनापानीले पुर्याएको क्षति बारे एकीन विवरण नआइसकेको बताउनुभयो ।

त्रिवेणी नगरपालिका–३ का वडाअध्यक्ष मीन भण्डारीले असिनापानी गहुँ बालीलाई नराम्रो क्षति पुर्याएको बताउनुभयो । जिल्लाका अन्य स्थानीय तहमा जेठ र असारसम्म गहुँबाली पाक्ने गरे पनि त्रिवेणी, बूढीगङ्गासहितका स्थानीय तहमा चैतको शुरुमै काट्न थाल्ने गरेका छन् ।

यो क्षेत्रलाई बेंसी र बढी उत्पादन हुने क्षेत्रका रूपमा पनि लिने गरिन्छ । क्षतिको यथार्थ विवरण सङ्कलन गरी किसानलाई राहतको व्यवस्था गर्न ज्ञान केन्द्रले आग्रह गरेको केन्द्रका निमित्त प्रमुख गोविन्द सिजापतीले बताउनुभयो । उहाले क्षतिको विवरण सङ्कलन गर्ने काममा जुट्न वडा कार्यालयलाई आग्रह गर्नुभयो ।

क्षतिको यथार्थ विवरण सङ्कलन गरी किसानलाई राहतका लागि पहल गर्ने बूढीगङ्गा नगरपालिकाका प्रमुख दीपकविक्रम शाहले पनि जानकारी दिनुभयो । कृषि शाखाले प्रत्येक वडामा क्षतिको विवरण सङ्कलन गर्न प्राविधिक टोली पठाउने उहाले बताउनुभयो ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ७ : ५४ बजे

होटल पौवामा स्वाद उत्सव तथा सम्मान कार्यक्रम

बुटवल । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ

जनमत-उन्मुक्ति बिच बैशाख १५ मा एकीकरण, पार्टीको नाम जनमत, चुनाव चिन्ह ढकिया

बर्दिया । अन्ततः जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरण

रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै

बुटवल । बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा सङ्गठित अपराध मुद्दामा

‘संविधान संशोधनको लागि सबै दलहरु मिल्नुपर्छ’ : सांसद आचार्य

काठमाडौं । विसं २०३३ देखि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी

म्याग्दी र कालीगण्डकी नदीको कटान रोक्न ग्याबियन पर्खाल निर्माण

म्याग्दी । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत म्याग्दी जिल्लामा चालु