२८ मंसिर २०८२, आइतबार | December 14, 2025

१५१ देशमा फैलिएको कोरोनाले ५,८३२ को ज्यान लियो, ७५,७९९ जना निको भए



एजेन्सी । चीनबाट फैलिएको कोरोना भाईरसको प्रकोपका कारण अहिलेसम्म ५ हजार ८ सय ३२ जनाको मृत्यु भएको छ । यसका संक्रमितहरुको संख्या १ लाख ५६ हजार ४ सय ३८ पुगेको छ ।

एकसय ५१ मुलुकमा फैलिएको कोरोना भाईरसको संक्रमण भएका मध्ये ७५ हजार ७ सय ९९ जना निको भएर घर फर्किसकेका छन ।

कोरोनाको उद्गम मुलुक चीनमा पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएका कारण हालसम्म मृत्यु हुनेको संख्या ३ हजार १ सय ९९ पुगेको छ ।

त्यस्स्तै संक्रमितहरुको संख्या ८० हजार ८ सय २४ रहेको छ । त्यसैगरि कोरोनाको दोस्रो बढी प्रभाव रहेको मुलुक ईटालीमा पछिल्लो २४ घण्टामा १ सय ७५ जनाको मुत्यु हुँदा कुल मृतकको संख्या १ हजार ४ सय ४१ पुगेको छ ।

त्यस्तै ईरानमा ६ सय ११ जनाको मृत्यु भएको छ भने १२ हजार ७ सय २९ जना संक्रमित छन ।

त्यस्तै स्पेनमा १ सय ९६ जनाको मृत्यु भएको छ भने दक्षिण कोरियामा ७२ जनाले ज्यान गुमाएका छन ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ६ : ५५ बजे

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%

सुनको मूल्य निरन्तर उकालोतिर

काठमाडौँ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको