२८ चैत्र २०८१, बिहिबार | April 11, 2025

लगातार कम्प्युटरमा काम गर्नुहुन्छ ? यसरी बचाउनुस् स्वास्थ्यलाई



काठमाडौ । आजकल प्रायः मानिसको दैनिकी एकै ठाउँमा बसेर कम्प्युटर स्क्रीनमा हेरेर कट्ने गर्दछ । दिनभर काममा रहँदा कम्प्युटर र अन्य समयमा मोबाइल चलाउनु हरेक व्यक्तिको बानी बनिरहेको छ । जसका कारण तपाईको स्वस्थ्यमा प्रतिकूल असर परिरहेको छ ।

सबैलाई थाहा छ‚ लगातार कम्प्युटर तथा मोबाइलमा हेरिरहँदा आँखामा गम्भीर प्रकारको असर पर्न सक्छ । यस्तै‚ एकै ठाउँमा एकै प्रकारले बसिरहँदा शारीरिक जटिलता पनि निम्तिन सक्छ ।

तर‚ यसबाट बच्ने उपाय सबैलाई थाहा नहुन सक्छ । चिन्ता नगर्नुस्, तपाईले स्वस्थ रहन केही उपायहरु अपनाउन सक्नुहुन्छ । विभिन्न स्वास्थ्यसँग सम्बन्धित अनुसन्धानका अनुसार तल उल्लिखित विभिन्न खानेकुरा सेवन गर्नुभयो भने तपाईको स्वास्थ्य अवस्थालाई सन्तुलित राख्नका लागि सहयोगी बन्नेछ ।

  •  हरियो धनियाँ : हरियो धनियाँ आँखाको तेज बढाउनका लागि एकदमै उपयोगी मानिन्छ ।
  •  दही : दहीमा प्रोबायोटिक्स ब्याक्टेरिया हुने भएकाले पाचनशक्ति शन्तुलनमा ल्याउन मद्दत गर्दछ ।
  •  ग्रीन टी : ग्रीन टी स्वस्थ्यका लागि निकै फाइदाजनक हुन्छ । जसका कारण शरीरको मेटाबोलिज्म बढ्ने र मोटोपनामा कमी आउने गर्दछ ।
  •  केरा : केरामा पोटासियमको मात्रा निकै हुने भएकाले तपाईलाई तुरुन्त शक्ति प्रदान गर्दछ, जसका कारण थकावटको कम महसुस हुन्छ ।
  •  स्याउ : स्याउमा फाइबरको मात्रा धेरै हुने भएकाले पाचन प्रणालीका लागि निकै उपयोगी हुन्छ ।
  •  कागती : कागतीमा भिटामिन सी को मात्रा निकै धेरै हुने भएकाले शरीरिक थकानका लागि फाइदाजनक हुन्छ ।
  •  दुध : दुधमा भिटामिन ए र प्रोटिन अत्यधिक हुन्छ । जुन आँखाको तेज र शक्तिका लागि फाइदाजनक मानिन्छ ।
  •  चकलेट : चकलेट खानुमा धेरै फाइदा रहेका छन् । साथसाथै केही घाटा पनि छन् । चकलेटमा एन्टी अक्सिडेन्ट हुने भएकाले इम्युनिटी पावर बढाउन र शारीरिक दुखाई कम गर्नमा सहयोगी हुन्छ

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  ६ : ४२ बजे

शिक्षा मन्त्रालय र शिक्षक महासङ्घबीच पहिलो छलफल सम्पन्न

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र आन्दोलनरत नेपाल

दुर्गा प्रसाई भारतको आसाम राज्यबाट पक्राउ, प्रसाईको सचिवालयले भन्यो आफै आत्मसमर्पण

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाई भारतबाट पक्राउ परेका छन्

‘संविधान कार्यान्वयनको अवस्थाबारे समीक्षा गरौँ’

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयनको अवस्थाबारे

अर्घाखाँचीमा चट्याङ लागेर वृद्धको मृत्यु

अर्घाखाँची । जिल्लाको भूमिकास्थान नगरपालिकामा चट्याङ लागेर एकजनाको मृत्यु भएको

चार वटा तार उद्योगको कारोबार रोक्का

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको वाणिज्य, आपूर्ति