२९ फाल्गुन २०८१, बिहिबार | March 13, 2025

ओली-वामदेवबीच डिनर मिटिङमै मतभेद, कुरा नमिलेपछि साथ नदिने भन्दै उठेर हिँडे वामदेव



काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमसँग बिहीबार राति गरेको डिनर मिटिङमा कुरा नमिलेको तथ्य बाहिर आएको छ ।

माधव झलनाथ पक्षसँग चरम अन्तसंघर्षमा रहेका ओलीसँग डिनर मिटिङ गर्न गौतम वालुवाटार पुगेका थिए । दुवै नेताले सँगसँगै डिनर मिटिङ पनि गरे । पार्टीलाई कसरी अगाडि बढाउने विषयमा कुरा नमिलेपछि गौतम डिनर नसकिँदै उठेर हिँडेका छन् । यसअघि एमालेकै मुख्यसचेतक विशाल भट्टराईले बिहीबार राति नै ओली र गौतमको डिनरको फोटो सार्वजनिक गरेका थिए । उक्त भेटवार्तामा गौतमले ओलीसँग धेरै पहिलेदेखि आफ्नो अटुट सम्बन्ध रहेको र रहिरहने बताएको भट्टराईले उल्लेख गरेका थिए।

तर, गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले शुक्रबार बिहान गौतमको तर्फबाट संक्षिप्त नोट जारी गर्दै डिनर मिटिङमा कुनै उपलब्धी नभएको जनाएका छन् । गौतमले ओलीसँग फागुन २८ को निर्णय फिर्ता लिन आग्रह गरेको बताएका छन् । ओलीले ति निर्णय फिर्ता नहुने बताएपछि गौतमले पनि अब आफु आउन नसक्ने भनेर जवाफ दिएका थिए ।

गौतमको तर्फबाट सुवेदीले जारी गरेको नोटमा भनिएको छ, ‘हिजो ९ गते क. केपीसँग बेलुकी ८ वजे प्रधानमन्त्री निवास बालुवाटारमा डिनर मिटिङ भयो। उहॉले पार्टी काममा आफूसँग फर्कन अनुरोध गर्नुभयो। मैले गत फागुन २८ गते तपाइले गर्नु भएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरें। उहाँले ती निर्णय फिर्ता हुदैनन् भन्नुभयो। त्यसो भए म तपाईंसँग आउन पनि सक्दिन भनेर जवाफ दिए। डिनर चल्दै थियो नमस्कार गरेर म विदा भएँ ।’

प्रधानमन्त्री ओलीले बिहीबार दिउँसो र बुधरबा साँझ अर्का नेता माधवकुमार नेपालसँग म्यारियट होटलमा छलफल गरेका थिए ।

ओलीले नेपालसहित २७ जना सांसद विरुद्ध कारावाही गर्ने उद्देश्यले स्पष्टीकरण सोधेका छन् । स्प्ष्टीकरणको नेपालसहित पाँच जनाले जवाफ समेत दिइसकेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ९ : २० बजे

मौलिक फागु संरक्षणमा जुट्दै स्थानीयवासी

तानसेन । मजाको फागुन जानमा लाग्यो, धड्कन लाग्यो छाती हो

बसन्तपुरमा रौनक, विदेशीहरूले पनि मनाए होली, (फोटो फिचर)

काठमाडौं । फागुपूर्णिमाको अवसरमा आज नेपालको पहाडी क्षेत्रमा रंगको पर्व

स्ववियु निर्वाचन : त्रिवि केन्द्रीय क्याम्पसमा अध्यक्षका लागि १७ जनाको उम्मेदवारी

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय ९त्रिवि० केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी

सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

काठमाडौं । यहाँ आज बिहानैदेखि एक आपसमा रङ खेली फागु

बुटवल उद्योग वाणिज्य संघमा होली मिलन : सास्कृतिक एकता र सद्भावमा जोड

बुटवल । साँस्कृतिक विविधतामा एकताको खाँचो रहेको एक कार्यक्रमका सहभागीहरुले