४ बैशाख २०८२, बिहिबार | April 17, 2025

अन्तर्राष्ट्रिय नारी दिवस : अधिकार कार्यान्वयनमा जोड



बुटवल । पछिल्लो समय नारीका अधिकारहरु स्थापित हुँदै गएको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । कुनै समय महिलाका अधिकारका निम्ती आन्दोलन गर्नुपर्ने भएपनि विस्तारै नारीहरुका अधिकारहरु स्थापित हुँदै गएको उनीहरुको जोड थियो ।

११० औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिमा ज्योति मण्डली बुटवल ११ देविनगरको आयोजनामा भएको एक कार्यक्रममा बोल्ने बक्ताहरुले अधिकार स्थापित भइसकेको र त्यसको कार्यान्वयन अहिलेको आवश्यकता रहेको बताए ।

कार्यक्रममा बोल्दै महिला अधिकारकर्मी सावित्रा अर्यालले नारीका अधिकारहरु प्राप्त भइसकेको र प्राप्त अधिकारको कार्यान्वयनका लागि सवैले आवाज उठाउनुपर्ने बताउनुभयो । नारीले केही पनि गर्न सक्दैनन भन्ने पुरुषत्व विचार धेरै कम भइसकेपनि अधिकारलाई संस्थागत गर्न नसक्दा अझै पनि नारीहरु हेलाको सिकार बन्नुपरेको उहाँको भनाई छ ।

देश संघिय संरचनामा गएसंगै राज्यका धेरै अंगहरुमा महिला सहभागिता अनिवार्य भइसकेको भन्दै अब अधिकारको संस्थागत विकास संगै कार्यान्वयनमा जोड दिनुपर्ने उहाँले बताउनुभयो । बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले समाज रुपान्तरणमा नारीको भुमिका उल्लेख्य रहेको भन्दै अब नारीहरु ने समृद्धिका सम्बाहक भएको बताउनुभयो । कुनै समय नारी र पुरुष बीच भएको विभेदको खाडल अहिले पुरिसकिएको भन्दै नारीको अधिकार स्थापित गर्न पुरुषको अझ बढि भुमिका आवशयक रहेको बताउनुभयो ।

कार्यक्रममा जीवनका लागि हातेमालो संस्थाकी संयोजक मनु पाण्डे, रोटरी डिष्टिकका एजी राजेन्द्र ढकाल, बुटवल उपमहानगरपालिका नगरकार्यपालिका सदस्य शुष्मा अर्याल, समाजसेवी लोकराज पोखरेल लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सो अवसरमा महिलाले महिलालाई सम्मान गर्दै उनीहरुको अधिकारको रक्षा गरौ भन्ने विषयमा कविता बाचन समेत भएको महिमा ज्योति मण्डलीका अध्यक्ष मनोहर पाठकले बताउनुभयो ।

कार्यक्रम महिमा ज्योति चर्चकी दिदि बहिनी समितिकी अध्यक्ष राधिका रानाको अध्यक्षता, मनु थापाको स्वागत तथा सन्तु थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहिबार  २ : ४२ बजे

कोरलानाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ

मुस्ताङ । समग्र मुस्ताङको धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ

कार्यकर्ता भेला गर्दै एकीकृत समाजवादी

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीले यही वैशाख ९ गते

स्वास्थ्यसम्बन्धी सबै विवरण उपलब्ध हुने प्रणाली लागू गर्ने तयारी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्यसम्बन्धी सबै विवरण

नेपालगन्जको सोल्टी वेस्टेन्ट प्रिमियर होटलले मनायो छैठौं स्थापना दिवस

नेपालगन्ज । नेपालगन्जको पहिलो ५ तारे होटलकारुपमा रहेको सोल्टी वेस्टेन्ट

ई-सेवाबाट १ करोड रकम चोरी गर्ने २२ वर्षीय युवक पक्राउ

काठमाडौं । काठमाडौं अनामनगर बस्दै आएका कञ्चनपुरका एकै व्यक्तिले चार