४ बैशाख २०८२, बिहिबार | April 17, 2025

६१ सालमा लुकाएको बम ७७ सालमा डिस्पोज !



हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका– २ स्थित ठेहेगाउँमा फेला परेको २ थान बम नेपाली सेनाले निश्क्रिय पारेको छ । ठेहेगाँस्थित दुई घरको बीचमा भेटिएको १ थान सुतली बम र १ थान सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको हो ।

ठेहेका स्थानीय तुला रावल र लोग भण्डारीको घरको बीच भागमा बम फेला परेको थियो । घरबाट बाहिर निस्कने क्रममा घर छेउमै प्लास्टिकमा बेरेर राखेको अवस्थामा बम जस्तु वस्तु देखेपनि तुला भण्डारीले प्रहरीलाई खबर गरेको थिए । बमका बारेमा प्रहरीले गरेको सूचनाका आधारमा आइतबार सिमकोटबाट खटिएको नेपाली सेनाको बम डिस्पोजल टोलिले बम भेटिएको स्थानबाट करिब ५०० मिटर टाढाको खोलामा लगेर डिस्पोज गरेको थियो ।

फेला परेको बम राखिएको प्लास्टिकमा बमसँगै २०६१ सालमा प्रकाशित जनादेश पत्रिका पनि भेटिएकाले उक्त बम तत्कालीन माओवादीले ६१ साल तिरै लुकाएको हुन सक्ने अनुमान गरिएको छ । बमसँगै २०६१ चैत्र २ गतेको जनादेश पत्रिका भेटिएको थियो ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ७ : ४४ बजे

वर्तमान सरकार बिचौलिया र भ्रष्टाचारीलाई बचाउन बनेको हो : अध्यक्ष प्रचण्ड

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान

उत्पादन कर्णालीमा, व्यापार काठमाडौँमा

काठमाडौँ । कर्णालीसहित देशका विभिन्न भूभागका जैविक उत्पादन यहाँ उपलब्ध

एक करोड १५ लाख लिटर दूध प्रशोधन

भरतपुर । चितवन मिल्कले एक वर्षमा एक करोड १५ लाख

बिस्काःसगुन जात्रा सम्पन्न

भादगाउँ । बिस्का जात्राको आठौँ दिन आज भक्तपुरमा द्यो स्वगं

धौलागिरिमा तीन वटा लामा झोलुङ्गे पुल निर्माण सुरु

म्याग्दी । धौलागिरि गाउँपालिकामा तीन वटा लामा झोलुङ्गे पुल निर्माण