२८ मंसिर २०८२, आइतबार | December 14, 2025

नाकाबन्दी भएको बेला चुप बस्नेहरु अहिले केक राष्ट्रवादी : प्रधानमन्त्री ओली



काठमाडौ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विरोधीहरुले विरोध गर्ने केही विषय नपाएपछि आफ्नो जन्मदिनलाई मुद्दा बनाएको बताउनुभयो ।

उहाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बाग्मती प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एंव प्रधानमन्त्री ओलीले खानेपानी, विजुली पुगेको अवसरमा जनताले खुसी मनाएको र आफ्नो जन्मदिन पनि त्यही बेला मनाएको बताउनुभयो । तर विजुली धारा पुगेको नदेख्नेहरुले धुमधामसँग जन्मदिन मनाएको भनेर आलोचना गरेको उहाले भन्नुभयो । आफूले नाच्न पनि नभनेको र केक ल्याउन पनि नभनेको बताउनुभयो । उहाँले भन्नुभयो , ‘मैले त हेर्दा पनि हेरिनँ, कति केक ल्याए र लगे ।’

नेपालको नक्सा अंकित केक काटेको भन्दै भएको आलोचनालाई उहाले केक राष्ट्रवादको संज्ञा दिनुभयो । मोदी, ओबामाको केक बनाएको हेर्न आग्रह गर्दै उहाले भन्नुभयो ‘हिजो नाकाबन्दी भएको बेला चुप बस्ने, नाकाबन्दीसमेत भन्न नसक्नेहरु अहिले केक राष्ट्रवादी भएका छन् । यसरी कांग्रेसले राजनीति गर्छु भन्ने ठानेको छ भने बेकारको कुरा हो ।’

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहिबार  ७ : ५६ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%