३ माघ २०८१, बिहिबार | January 16, 2025

प्रथम राष्ट्रिय पेन्केक सिलात र्मासल आर्ट प्रतियोगिता : लुम्बिनी टिम च्याम्पियन



बुटवल । लुम्बिनी प्रदेश प्रथम राष्ट्रिय पेन्केक सिलात (Pencak Silat) र्मासल आर्ट प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ ।

बर्दिया जिल्ला पेन्केक सिलात मार्सल आर्ट संघद्वारा आयोजित प्रतियोगितामा लुम्बिनीले ५ स्वर्ण, ५ रजत १ कांस्य जित्यो । आयोजक ५ स्वर्ण, १ रजत र २ कांस्यसाथ दोश्रो भयो । १ स्वर्ण, १ रजत र २ कांस्य जितेको सुदूरपश्चिम प्रदेशले तेश्रो स्थानमा चित्त बुझायो ।

पुरुषमा मदन बस्नेत र महिलामा एन्जिला ऐडी उत्कृष्ट खेलाडी चुनिए । उत्कृष्टद्वय लुम्बिनी प्रदेशका हुन् ।

बारबर्दिया नगरपालिकाको धामपुरमा भएको प्रतियोगताको पुरुष ४५ केजीमा लुम्बिनीका मदन बस्नेतले स्वर्ण जिते । उनले फाइनलमा कर्णालीका रोमन ज्ञवालीलाई पराजित गरे । ५० केजीमा सुदूरपश्चिमका राजन बानियाँले फाइनलमा लुम्बिनीका रत्न सहकारीलाई हराउदै पहिलो स्थान हात पारे । ५५ केजीमा लुम्बिनीका हरिभक्त तामाङ पहिलो भए । उनले फाइनलमा प्रदेश २ का सुरेन्द्र विकलाई पाखा लगाए । ६० केजीमा आयोजकका नवीन नेपालले शीर्ष स्थान हात पारे । उनले फाइनलमा प्रलेशका प्रदीप चौधरीलाई पन्छाए ।

त्यस्तै उपाधि भिडन्तको महिला ४० केजीमा आयोजककी लजु चौधरीले लुम्बिनीकी एन्जिा ऐडी, ४५ केजीमा आयोजककी रितु चाधरीले लुम्बिनीकी मनीषा कठायत, ५० केजीमा लुम्बिनीकी संगिना रावतले कर्णालीकी सरु श्रेष्ठ तथा ५५ केजीमा लुम्बिनीकी आचल बुढा मगरले आयोजककी संगिता गिरीलाई पराजित गर्दै स्वर्ण जिते ।

त्यसअघि टुंगल (काता) को पुरुषमा आयोजकका गोविन्द चौधरी र महिलामा आयोजककै लजु चौधरी पहिलो भएका थिए । पुरुष ४० केजीमा आयोजकका नवीन नेपालीले स्वर्ण जितेका थिए ।

विजेतालाई बारबर्दिया नगरपालिकाका मेयर दुर्गाबहादुर थारु, उपमेयर अन्जु दहित, बारबर्दिया नगरपालिका वडा ६ का अध्यक्ष कर्णबहादुर विकलगायतले पुरस्कार वितरण गरे । चारदिने प्रतियोगितामा ८२ खेलाडीले विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ३ : ५५ बजे

कपिलवस्तुमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु, एक जना घाइते

बुटवल । गएराती कपिलवस्तुमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको

राज्य व्यवस्थासहित चारवटा समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ

सरकारमा सहभागी कांग्रेसका मन्त्रीको बैठक देउवानिवासमा बस्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा रहेका

‘गाउँले सहरमा वन्यजन्तु बस्तीमा’

ढोरपाटन । बागलुङको ग्रामीण क्षेत्रबाट बसाइँसराइ गरी सहरबजार झर्नेको सङ्ख्या

कालीगण्डकी नदीमा र्‍याफ्टिङ सञ्चालन

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्राका