३ माघ २०८१, बिहिबार | January 16, 2025

रुपन्देही सुपरलिग : न्यू होराइजन सेमिफाइनलमा



भैरहवा । रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको डिभिजन ‘ए’को समूह ‘सी’को खेलमा न्यू होराइजन क्रिकेट क्लबले तिलोत्तमा क्रिकेट क्लबलाई ७४ रनले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । योसँगै लिग चरणका खेल सकिएका छन् भने सेमिफाइनल समिकरण पनि पूरा भएको छ । यसअघि वेष्टर्न क्रिकेट क्लब, बुद्ध क्रिकेट क्लब र लुम्बिनी खुकुरी क्रिकेट क्लब सेमिफाइनल पुगिसकेका छन् ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको न्यू होराइजनले निर्धारित ५० ओभरमा अलआउट हुँदै १६७ रनको योगफल बनायो । उसका लागि मनिष थापाले ५०, अमर मिश्राले २३ र रुपेश बश्यालले २१ रन बनाए । बलिङमा तिलोत्तमाका कृष्णप्रसाद भुसालले ४, सन्देश जिसीले २ तथा यम क्षेत्री, विष्णु कटेरिया र कृष्ण पराजुलीले समान १÷१ विकेट लिए ।

जवाफी व्याटिङ गरेको तिलोत्तमाले २२.५ ओभरमा सबै विकेट गुमाउँदै ९३ रनमै समेटियो । उसका लागि भुवन गैरेले २३, मनोज सुनार र कृष्ण भुसालले १७/१७ रन बनाए । बलिङमा उसलाई सस्तैमा रोक्न न्यू होराइजनका शक्तिप्रसाद गौचन, सुमित पराजुली, तुलाराम थापा र पुरुषोत्तम भट्टराईले समान २÷२ तथा गोविन्द केसी र राहुल प्रजापतीले १/१ विकेट लिए । मनिष थापा म्यान अफ द म्याच भए । बुधबार पहिलो सेमिफाइनलमा न्यू होराइजन क्रिकेट क्लब र बुद्ध क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जनाकारी दिए ।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, उदयीमान खेलाडी र म्यान अफ द फाइनललाई ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ६ : ५७ बजे

कालीगण्डकी नदीमा र्‍याफ्टिङ सञ्चालन

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्राका

आजको मौसम : उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात, केही प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

नबिलले गर्‍यो राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण

सुर्खेत । नबिल बैंक लिमिटेडले राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण

राष्ट्रपति पौडेलद्वारा तीन जना गैरआवासीय राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन देशका लागि गैरआवासीय राजदूत

अधिवक्ता त्रिपाठीमाथि हातपात गर्ने पार्टीको सदस्य भए कारबाही गर्छौँ : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको