२८ मंसिर २०८२, आइतबार | December 14, 2025

कञ्चनपुरमा नेपाल प्रहरीसँगको भिडन्तमा भारतीय तस्कर गोबिन्द सिंहको मृत्यु, एकजना प्रहरी जवान घाइते



कञ्चनपुर । कञ्चनपुर जिल्लाको नेपाल भारत सिमाक्षेत्रमा अवैध सामान ओसार पसार गर्ने भारतीय तस्कर र प्रहरीबीच दोहोरो भिडन्त हुँदा एकजना भारतीय तस्करको ज्यान गएको छ।

कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका–७ पौलाहा नजिक नेपाल–भारत सीमा क्षेत्रमा प्रहरी र भारतीय तस्करबीच मुडभेड हुँदा एक जना भारतीय तस्करको ज्यान गएको हो ।

चोरी निकासी पैठारी नियन्त्रण गर्न खटिएको प्रहरी गस्तीमा रहेको प्रहरीमाथि भारतीय तस्करले पायर खोलेपछि भएको जवाफी गोलिी प्रहारमा भारतीय तस्करको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी अमर थापाले बताए । प्रहरीको जवाफी फायरिङमा घाईते भएका भारतीय नागरिक गोबिन्द सिंहको मृत्युभएको उनले पुष्टि गरे । स्थानीय श्रीपुर प्राथमिक उपचार केन्द्रमा उपचारका क्रममा सिंहको मृत्यु भएको डीएसपी थापाले जानकारी दिए ।

‘गोली लागेर गम्भीर घाइते भएका भारतीय तस्करको अस्पतालमा उपचारका क्रममा मृत्यु भयो’ डीएसपी थापाले भने ।

चार जनाको समूहमा आएका भारतीय तस्करले गस्तीमा रहेको ईलाका प्रहरी कार्यालय बेलौरीको प्रहरी टोलीमाथी गोली प्रहार गरेको थियो। भारतीय तस्करको गोली लागेर एक जना प्रहरी जवान पनि घाइते भएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहिबार  १० : २९ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%