२३ भदौ २०८१, आइतबार | September 8, 2024

ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी, ४० घर जलेर नष्ट



ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका वडा नं. ३ स्थित दोभान बजारमा भीषण आगलागी भएकोछ ।

जिल्लाकै दोस्रो ठूलो बजारमा आज बिहान ९ बजेतिरबाट सुरु भएको आगलागीले ४० भन्दा बढी घर जलेका छन् । दोभान बजारमा करिब एकसय वटा घरहरु रहेका छन् ।

आगो नियन्त्रणको प्रयास भैरहेको ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी बालनरसिंह राणाले बताएका छन् । राणाले अहिले पनि आगो दन्किरहेको बताउँदै क्षतिको विवरण नआइसकेको जनाएका छन् ।

आगो निभाउन ठूलो संख्यामा सुरक्षार्मी र स्थानीय बासिन्दा लागि परेका छन् । ताप्लेजुङ नगरपालिकाको दमकल समेत प्रयोग गरिएको छ । दोभान बजार ताप्लेजुङ सदरमुकाम फुङलिङबाट डेढ घण्टा टाढा पर्छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  १२ : २० बजे

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

बुटवलको हैदराबादी बिरयानीमा कुहिएको मासु प्रयोग हुने गरेको फेला

बुटवल । मानिसको ज्यानै जान सक्ने गरि कुहिएको मासु राखेर