२३ भदौ २०८१, आइतबार | September 8, 2024

प्रधानन्यायाधीस जबरा र प्रधानसेनापति थापाबीच भेट, के थियो नभेटी नहुने कुरा !



काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन मुद्दामा फैसला सुनाउने दिन नजिकिँदै गएको समयमा प्रधानसेनापति पूर्णचन्द्र थापा र प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराबीच भेट भएको छ ।

प्रधानन्यायाधी जबरालाई भेट्न प्रधानसेनापति थापा सोमबार दिउँसो सर्वोच्च अदालत गएका हुन् । दिउसो १ बजे अदालत गएका थापा एकघण्टा जति बसेपछि फर्किएका थिए ।

भेटवार्तामा के विषयमा छलफल भयो भन्ने खुलाइएको छैन । तर सर्वोच्च अदालत स्रोतले भने सर्वोच्चको नयाँ भवन बन्न लागेको जमिन सेनाको जग्गामा समेत पर्ने भएका कारण छलफलका लागि प्रधानन्यायाधीसले बोलाएको बताएको छ । सरकारी जग्गा प्राप्तिका लागि प्रधानसेनापतिसँग छफलल भएको स्रोतले बताएको छ ।

सर्वोच्चले प्रतिनिधिसभा विघटन विरुद्धको फैसला सुनाउने अन्तिम घडी नजिकिँदै गएकै समय पारेर सेनाप्रमुखको अदालत प्रवेशले कतिपयलाई तरङ्गित बनाएको छ ।

 

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ४ : १२ बजे

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव यथावत

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा यसको

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल