२८ मंसिर २०८२, आइतबार | December 14, 2025

भारतसँग गलवान भिडन्तमा चार सैनिकको मृत्यु भएको चीनद्वारा स्वीकार



भारतसँग पूर्वी लद्दाखको गलवान क्षेत्रमा भएको भिडन्तमा आफ्ना चार जना सेनाको ज्यान गएको चीनले स्वीकार गरेको छ ।

गलवान भिडन्तको ८ महिनापछि चीनले आफ्ना चार सेना मारिएको स्वीकार गरेको हो । चीनको सेन्ट्रल मिलिटरी कमिशनले शुक्रबार चार सेनाको नाम सार्वजनिक गर्दै उनीहरुलाई मरणोपरान्त उच्च सम्मान र उपाधी प्रदान गरेको छ ।

काराकोरम पर्वतमा तैनाथ पाँच जना फ्रन्टियर अफिसरलाई भारतसँग भएको सीमा टकरावमा राष्ट्रिय सम्प्रभुता र क्षेत्रीय अखण्डताको बचाउ गरेकोमा सेन्ट्रल मिलिटरी कमिसनले उच्च सम्मान गरेको पीएलए दैनिकलाई उदृध गर्दै ग्लोबल टाइम्सले जनाएको छ । जसमध्ये चार जनालाई मरणोपरान्त उपाधी प्रदान गरिएको हो ।

सेन्ट्रल मिलिटरी कमिसनले पीएलए सिनजियाङ्ग मिलिटरी कमान्टको रेजिमेन्टर कमान्डर क्यूई फबाओलाई ‘सीमा रक्षार्थ रेजिमेन्टल कमाण्डर नायक’ उपाधीले सम्मान गरेको छ । यसैगरी चेन होङ्गुनलाई ‘सीमा रक्षाको नायक’ले सम्मान गरेको छ भने जियानगाङ, जिओ सियुआन र वाङ ज़ुओरनलाई सीमाको रक्षार्थ प्रथम श्रेणीको मेरिटले सम्मानित गरेको छ ।

गत जुन १५ तारिखको राति भारतीय सेना र चिनियाँ जनमुक्ति सेनाबीच गलवान उपत्यकामा हिंसात्मक झडप भएको थियो । सन् १९६२ को रक्तपातपूर्ण युद्धपछि दुई मुलुकका सेनाबीच पहिलोपटक झडप भएको थियो । सो झडपममा परि भारतीय सेनाका कर्णेलसहित २० जनाले ज्यान गुमाएका थिए ।

गलवान झडपपछि चीन र भारतबीचको सम्बन्ध तिक्ततापूर्ण अवस्थामा पुगको छ । यद्यपी, दुवै देशका उच्चस्तरीय सैनिक र कुटनीतिज्ञबीच कैयौं चरणको वार्तापछि अहिले एलएसीबाट सेना हटाउने क्रम जारी रहेको छ । चिनियाँ जनमुक्ति सेना र भारतीय सेना पुरानै सैन्य ब्यारेकतर्फ फर्किएका छन् ।

 

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ९ : ०५ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%