२८ मंसिर २०८२, आइतबार | December 14, 2025

बागमती प्रदेशसभा बैठक फेरि स्थगित, सभामुख विरुद्ध प्रचण्ड-नेपाल नेकपा क्रुद्ध



काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरूद्धको अविश्वास प्रस्तावमाथी आज पनि छलफल नहुने भएको छ ।

आजका लागि बोलाइएको बागमती प्रदेश सभाको बैठक विशेष कारण भन्दै अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ ।

आजको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावमाथि छलफल हुने र केही विधेयकको प्रस्ताव पनि प्रस्तुत हुने सम्भावित कार्यसूची रहेको थियो । यसअघि सोमबार बसेको प्रदेशसभाको बैठक आजका लागि बैठक बोलाएको थियो ।

दिउँसो २ बजेका लागि तय गरिएको बैठक आज बिहान ६ः३७ बजे सूचना टाँस गरेर अनिश्चितकालसम्म स्थगित गरिएको छ । बैठक स्थगित गरिएपछि प्रचण्ड नेपाल नेकपा निकट सांसदहरु कुद्ध बनेका छन् ।

ओली पक्षको लाचार छायाँ बनेर सभामुखले फेरि बैठक स्थगित गरेको भन्दै उनीहरु सभामुख विरुद्ध नै मुद्दा हाल्ने तयारीमा रहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली निकट मुख्यमन्त्री पौडेलविरुद्ध प्रचण्ड-नेपाल पक्षका ४५ जना प्रदेशसभा सदस्यहरुले गत पुस १० गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । त्यसयता प्रदेशसभामा अविश्वासको प्रस्तावमाथि छलफल हुन सकेन ।

अविश्वासको प्रस्ताव छल्न विना कारण बैठक स्थगित गरिएको भन्दै प्रचण्ड-नेपाल पक्षले गत माघ १९ मा नारावाजीसमेत गरेका थिए ।

पुस ५ मा प्रतिनिधिसभा विघटन गरिएसँगै विभाजित बनेको नेकपामा प्रचण्ड-नेपाल पक्षधरको बहुमत रहेको प्रदेशसभामा मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो ।

प्रदेशसभामा नेकपाका दुई समुहबाहेक नेपाली काँग्रेसका २२, साझा विवेकशील दलका तीन, नेपाल मजदुर पार्टीका दुई, राप्रपा दुई र स्वतन्त्र एक गरी ११० जना सदस्य रहेका छन्।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ८ : ३५ बजे

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई