१७ पुस २०८१, बुधबार | January 1, 2025

राक्सिराङको दुई घरबाट डेढसय किलो गाँजा बरामद



हेटौंडा– ३ नं. प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयूक्त प्रहरी टोलीले १ सय ५२ किलो लागूऔषत गाँजा बरामद गरेको छ ।

मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. २ सुनारीसौडास्थित केही घरगोठहरुमा लागूऔषध गाँजा लुकाएर राखेको अवस्थामा उक्त गाँजा आइतबार प्रहरीले बरामद गरेको हो । मकवानपुर प्रहरीले सोही ठाउँ बस्ने माइला भन्ने मदन थोकरको घर खानतलासी गर्दा लागूऔषत गाँजा १ सय ११ किलो ग्राम गाँजा बरामद गरेको थियो ।

त्यस्तै प्रहरीले माइला स्याङबोको घर खानतलासी गर्दा लागूऔषत गाँजा ४१ किलोग्राम गरी जम्मा १ सय ५२ किलोग्राम लागुऔषध गाँजा फेलापारी बरामद गरिएको जनाएको छ । थोकर र स्याङबो फरार रहेको प्रहरी निरीक्षक मधुकुमार थापाले जानकारी दिए । फरार व्यक्तिहरुको खोजिकार्य तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ६ : ११ बजे

नेपालमा होटल तथा रेस्टुराँको सङ्ख्या एक लाख ४२ हजार

काठमाडौं । नेपालमा हाल सञ्चालनमा रहेका आवास तथा भोजन सेवासँग

ओलीलाई भीम रावलको प्रश्न – माधव नेपाल र झलनाथसँग किन प्रतिस्पर्धा गरेको ?

काठमाडौं। नेकपा एमालेबाट निष्कासित नेता भीम रावलले आफुले अध्यक्ष पदमा

नवनियुक्त पाँच राजदूतले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष विभिन्न मुलुकका लागि नवनियुक्त

दलाल, भ्रष्ट र विचौलियाहरुसँग केपी ओलीको साँठगाँठ छ : भीम रावल

काठमाडौं । नेकपा एमालेबाट हालसालै निष्कासित नेता डा. भीम रावलले

तनहुँको मार्कीचोक २२० केभी सबस्टेसन सञ्चालनमा

काठमाडौं। तनहुँको आँबुखैरेनी गाउँपालिकाको मार्कीचोकमा ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा