२५ चैत्र २०८१, सोमबार | April 7, 2025

विप्लव समूहलाई प्रतिबन्धमात्र होइन अब नियन्त्रण पनि : प्रधानमन्त्री ओली



मोरङ – प्रधानमन्त्री केपी शार्मा ओलीले विप्लव नेतृत्वको नेकपा समूहलाई प्रतिबन्ध मात्र हैन अब नियन्त्रणको योजना बनाइएको बताउनुभएको छ ।

कुनै ठाउँमा दर्ता नै नभएको एउटा समूहका नाममा भएको बम पड्काउने, मान्छे मार्ने, धम्क्याउने र लुटपाट मच्चाउने जस्ता आतंकित पार्ने काम भएकोले सरकारले यसलाई नियन्त्रण गर्ने योजना बनाएको बताउनुभएको हो ।

विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले जनप्रतिनिधि, कर्मचारी, व्यापारी तथा उद्योगीलाई समेत धम्क्याउने काम भएकोले लोकतान्त्रिक मूल्य र मान्यतामा चल्ने व्यक्तिहरुले जनतालाई आतंकित पार्न नहुने बताउनुभयो । ‘सरकार यो विषयमा गम्भीर छ, कुनै ठट्टा गरेको छैन, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘विध्वंस, लुटपाट, आतंकित पार्ने कुरालाई सरकारले प्रतिबन्ध मात्र हैन नियन्त्रण गर्छ ।’ उहाँले अंतकित गर्ने गतिविधिमा संलग्न रहेको समूहलाई प्रतिबन्ध लगाउँदैमा कसैले रुवाबासी गर्नु पर्ने अवस्था नरहेको बताउनुभयो ।

वार्ता समिति बनाएर पटक–पटक वार्ताको लागि आव्हान गर्दासमेत वार्ता नै नगर्ने अडानमा रहेकोले वास्तविक विप्लब समूहको माग नै को हो भन्ने बारेमा उ आफैँ अन्यौलमा रहेको बताउनुभयो । अहिलेको गतिविधि अनुचित र असंवैधानिक रहेको ओलीको आरोप छ ।

उहाँले सिके राउतसँग भएको सहमतिको विषयलाई भने राज्य विखण्डन विरोध गतिविधि अन्त्य भएको बताउनुभयो । उहााँले भन्नुभयो, सिके राउतसँग भएको सम्झौताले विखण्डन विरोधिहरुको अन्त्य भएको छ ।’

प्रधानमन्त्री ओलीले सरकारमा मन्त्रीहरुको हेरफेर गर्ने बारेमा कुनै पनि निर्णय नभएको बताउनुभएको छ । उहाँले भन्नुभयो ‘अपूर्ण रहेका मन्त्रालयहरुलाई पूर्णता दिने हो, मन्त्री मण्डल हेरफेर हुँदैन ।’

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ५ : ४४ बजे

होटल पौवामा स्वाद उत्सव तथा सम्मान कार्यक्रम

बुटवल । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ

जनमत-उन्मुक्ति बिच बैशाख १५ मा एकीकरण, पार्टीको नाम जनमत, चुनाव चिन्ह ढकिया

बर्दिया । अन्ततः जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरण

रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै

बुटवल । बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा सङ्गठित अपराध मुद्दामा

‘संविधान संशोधनको लागि सबै दलहरु मिल्नुपर्छ’ : सांसद आचार्य

काठमाडौं । विसं २०३३ देखि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी

म्याग्दी र कालीगण्डकी नदीको कटान रोक्न ग्याबियन पर्खाल निर्माण

म्याग्दी । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत म्याग्दी जिल्लामा चालु