२८ मंसिर २०८२, आइतबार | December 14, 2025

सोमबार राती नेपाली सेनाको बख्तरबन्द गाडी (ट्याङ्क) ब्यारेक छाडेर मानव बस्तीमा निस्कँदै



काठमाडौं । सोमबार राति काठमाडौको चक्रपथ सहित देशका ५ वटा शहरमा युद्धशैलीका नेपाली सेनाका बख्तरबन्द गाडी कुद्ने भएका छन् । नेपाली सेनाले बख्तरबन्द गाडी ब्यारेकहरुबाट युद्धशैलीमा सडकमा निस्कने छन् ।

राजधानी काठमाडौंमा सेनाको ट्याङ्कले चक्रपथ परिक्रमा गर्ने छ भने सेनाका पृतना भएका अन्य शहरहरुमा पनि सेनाका बख्तरबन्द गाडी ब्यारेक छाडेर सडकमा निस्कने छ ।

सेनाले आफ्नो नियमित अभ्यास तालिकाअनुसार १९ माघको राति बख्तरबन्द गाडी पृतना ब्यारेकबाट बाहिर निस्कने नेपाली सेनाले जनाएको छ ।

यसअघि सेनाले यस्तो अभ्यास छोटो दूरीमा र मानव बस्ती भन्दा टाढा गर्ने गरेकोमा यसपटक ब्यस्त चक्रपथ चक्कर लगाउने योजना बनाएको नेपाली सेनाले जानकारी दिएको छ ।

प्रतिनिनिसभा विघटनसँगै राजनीतिक अवस्था तरल रहेको बेला सेनाले बख्तरबन्द गाडीको अभ्यास गर्नुलाई राजनीतिक बृत्तमा अर्थपूर्णरुपमा हेरिएको छ ।

८ वटै पृतना मातहतका इकाइमा पनि २१ माघमा यस्तो बख्तरबन्द अभ्यास हुने सेनाले जनाएको छ ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ५ : ०१ बजे

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%

सुनको मूल्य निरन्तर उकालोतिर

काठमाडौँ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको