विराटनगर । मोरङको मिक्लाजुङमा शिक्षकको हत्या गरेको अभियोग लागेका प्रतिबन्धित विप्लव नेकपाका नेतालाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ ।
मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न भनिएका नेकपाका मोरङ जिल्ला इन्चार्ज डिबी सिलवाल भनिने धनबहादुर बिकलाई प्रहरीले हतियारसहित बुधबार पक्राउ गरेको हो । श्रेष्ठलाई मंसिर २३ गते राति घाँटी रेटेर जंगलमा हत्या गरिएको थियो।
३२ वर्षीय बिकलाई बुढिगंगा गाउँपालिका वडा नं. ४स्थित औद्योगिक क्षेत्रबाट पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।
विकको साथबाट प्रहरीले सेमी अटोमेटिक पेस्तोल, म्यागजिन र त्यसमा लाग्ने ३ थान गोलीबरामद गरेको छ। उनी संखुवासभाको मादी नगरपालिका वडा नं. ४ ओखरबोटे (साविकको मादी गाविस रामवेनी)का स्थायी बासिन्दा हुन् ।
बिक पक्राउ परेसँगै शिक्षक श्रेष्ठको हत्यामा संलग्न अन्य व्यक्तिहरुको बारेमा पनि अनुसन्धान गर्न सहज हुने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया