२८ मंसिर २०८२, आइतबार | December 14, 2025

दाङमा सशस्त्र प्रहरी जवान मृत फेला



दाङ । दाङमा एकजना सशस्त्र प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् । पूर्वपश्चिम राजमार्ग देखि पचास मिटर उत्तर रहेको लमही नगरपालिका वडा नम्बर ५ अजम्मरी सामुदायिक वन भित्र सशस्त्र प्रहरी बल नम्बर ४१ अर्जुनखोलामा कार्यरत सशस्त्र प्रहरी जवान रमेश लामा तामाङ झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

नुवाकोट निवासी अन्दाजी २९ वर्षिय तामाङ झुन्डिएको अवस्थामा फेला परेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरिक्षक राजन पौडेलले जानकारी दिए ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी बारा जिल्लाबाट सरूवा भइ सशस्त्र प्रहरी बल नम्बर ४१ अर्जुनखोलामा हाजिर हुन आउने क्रममा रहेको बुझिएको छ । उनी कार्यक्षेत्रमा पुग्नु अगाडी लमही स्थित एभरेस्ट प्लाजा होटलमा बास बसेको र विहान ८ः ३० बजे होटल संचालकलाई एकछिन बाहिर जान्छु भनी होटलबाट बाहिर निस्किए पछि नफर्केको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ ।

 

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ११ : ४७ बजे

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%

सुनको मूल्य निरन्तर उकालोतिर

काठमाडौँ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको