२८ मंसिर २०८२, आइतबार | December 14, 2025

संवैधानिक परिषदको सिफारिसमा परेका दुई जनाद्वारा पद अस्विकार



काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको संवैधानिक परिषदले विभिन्न आयोगमा गरेका सिफारिस मध्ये दुईजनाले पद अस्विकार गरेका छन ।

राष्ट्रिय दलित आयोगको सदस्यमा सिफारिस भएका पर्शुराम रम्तेल र समावेशी आयोगको सदस्यमा सिफारिस भएका रामकृष्ण तिमल्सिनाले पद अस्वीकार गरेका हुन ।

राष्ट्रिय दलित आयोगको सदस्यमा सिफारिस भएका रम्तेलले एक सूचना निकाल्दै आफू सिफारिस भएको पक्रिया गैरसंवैधानिक र सहमतिविपरीत भएको उल्लेख गर्दै पद अस्विकार गरेका हुन् ।

उनले संसद विघटनको ठाडो विरोध गर्ने र असंवैधानिक सिफारिसको आधारमा आफ्नो नाम परेको प्रति भ्रममा नपर्न आग्रह समेत गरेका छन् । त्यसैगरी समावेशी आयोगको सदस्यमा सिफारिस भएका रामकृष्ण तिमल्सिनाले पनि पद अस्वीकार गरेका छन् ।

संवैधानिक परिषद्ले आयोगको सदस्यमा सिफारिस गरे पनि आइतबार तिमल्सिनाले आफ्नो फेसबुकमार्फत् पद अस्वीकारको घोषणा गरेका हुन् ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ७ : ५८ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%