२८ मंसिर २०८२, आइतबार | December 14, 2025

‘दिदीबहिनी’ झरनामा आन्तरिक पर्यटकको घुइँचो



इलाम । विदाको समयमा घुम्न कहाँ जाने ? सदरमुकाम नजिकका बासिन्दाको मुखमा आउँछ-दिदीबहिनी झरना । जिल्लामा प्रशस्त पर्यटकीय/रमणीय क्षेत्र छन् ।

श्रीअन्तु, माईपोखरी, सन्दकपुर, पानीटार, गजुरमुखीलगायत । एकैदिन भ्रमण गरेर फर्किन सकिने र कम खर्चमै पुगिने भएकाले दिदीबहिनी झरना धेरैको रोजाइमा पर्ने गरेको छ ।

यो झरना जान लामो बाटो हिँड्नु नपर्ने र मोटरबाटै पुगेर फर्किन सकिन्छ । यसैले पनि यो पर्यटकीय जिल्लाभित्रै पर्यटकका लागि भ्रमण क्षेत्र बनेको छ । एकै ठाउँ दुई वटा झरना, उत्रै र उस्तै, अनि सदाबहार झरिरहने । यसैले पनि धेरैको मन चोर्छ । जिल्लाकै अर्को झरना टोड्के झरना सदरमुकामबाट टाढा छ । केही विकट र कच्ची बाटो ।

त्यही झरना हेर्ने धोको पूरा गर्न पनि कतिपय पर्यटक दिदीबहिनी झरना पुग्छन् । दिदीबहिनी झरना पुग्न सरमुकामबाट करिब २० किमी मेची राजमार्गको यात्रामा रक्सेको बाघखोर पुगिन्छ । बाघखोरबाट अढाई किमी कच्ची सडकको यात्रा गरेपछि झरनाको छेवैमा पुग्न सकिन्छ ।

पुग्नलाई उत्ति गाह्रो नभए पनि प्रचारप्रसारको अभावमा यी दुई झरना ओझेलमा परेको थियो । जिल्ला बाहिरकाको त कुरै छोडौँ जिल्ला भित्रका धेरैले पनि भर्खरै मात्र यो झरनाका बारेमा थाहा पाउँदै गएका छन् ।

अहिले बिदाको दिन झण्डै २०० र अन्य दिनमा २५ जनाको सङ्ख्यामा आन्तरिक पर्यटक झरना अवलोकनमा आउन थालेको दिदीबहिनी झरना संरक्षण उपभोक्ता समितिका अध्यक्ष रामबहादुर राईले बताए ।

राईका अनुसार पछिल्लो समय सूर्योदय, देउमाई नगरपालिका, फाकफोकथुम, माङसेबुङ र सन्दकपुर गाउँपालिकाका पर्यटक आउने गरेका छन् । उनले नजिकैको दूरीमा दुई झरना भएकैले दिदीबहिनी झरना नामकरण गरिएको हो । लेकाली हावापानीमा एकै स्थानमा दुई झरनाको दृश्यावलोकनले पर्यटकलाई रोमाञ्चित बनाउँछ । यसले पनि पर्यटकलाई आकर्षित गराउनमा सहयोग गरेको बताइएको छ ।

कुहिरोसँग लुकामारी खेल्ने यी दिदीबहिनी झरनालाई नियाल्न आन्तरिक पर्यटकहरुको आगमनसँगै स्थानीयवासी हर्षित भएको अध्यक्ष राईले जानकारी दिए । झरना नजिकै स्थानीय परिकार खानपिन उपलब्ध गराउने भावी योजनासमेत रहेको उनले जानकारी दिए । यस क्षेत्रमा टिमुर, चिमफिङ्ग, वनसुपारी, चिराइतोलगायत गरी २० प्रकारका जडीबुटी सहजै उपलब्ध हुन सक्छ ।

गएको दुई आर्थिक वर्षमा साविक मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन समितिले रु २० लाख, प्रदेशको रु १० लाख आर्थिक सहयोग र स्थानीयको रु छ लाख गरी रु ३६ लाखको लगानीबाट रेलिङसहितको पदमार्ग, हावा घर (बिसाउनी स्थल) लगायतको निर्माणसँगै सौन्दर्य अभिवृद्धि गर्ने काम गरिएको छ ।

थप स्तरोन्नितका लागि भर्खरै सङ्घीय सरकारले पठाएको टोलीले “महभीरको दिदीबहिनी झरना क्षेत्रको विस्तृत अध्यन प्रतिवेदन” तयार पार्नका लागि आफ्नो कार्य सकाएर फर्किएको अध्यक्ष राईले जानकारी दिए । पछिल्लो समय झरना नजिकै आकर्षक गुफा रहेको स्थानीयवासीले बताउँदै आएका छन् ।

पहिलेदेखि नै गुफाको बारेमा जानकारी नभए पनि प्रचारप्रसार अभावले चिनाउन नपाएकाले पछिल्लो समय स्थलगत अवलोकनसमेत गरिएको स्थानीय सोम सुनुवार बताउँछन् । एक वृद्धको भनाइलाई आधार बनाउँदै हेर्न जाँदा गुफा फेला परेको सुनुवारको भनाइ छ । “गुफा कति ठूलो छ पत्ता छैन । हामीले नै पहिलोचोटि हेरेका हौँ”, सुनुवारले भने, “नामजाँच गर्नुपर्ने देखिन्छ । अनि प्रचारप्रसारको अभाव छ ।”

गुफाको प्रचारप्रसार गर्न सके दिदीबहिनी झरना आउनेको सङ्ख्यामा वृद्धि हुने स्थानीयवासीको अनुमान छ । पछिल्लो समय झरनाको उचाइ पत्ता लागेको समेत स्थानीयले बताए । ठूलो (दिदी) झरनाको उचाइ ६८ फिट र सानो (बहिनी) ५८ फिट रहेको बताइएको छ । रासस

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ९ : ५६ बजे

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई