२८ मंसिर २०८२, आइतबार | December 14, 2025

सर्वोच्च बारमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य विजयी



काठमाडौँ । सर्वोच्च अदालत बार एशोसिएसनको ३३ औँ नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य विजयी भएका छन् । उनले २९५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रविनारायण खनालले २५० मत प्राप्त गरेका छन् ।

वरिष्ठ अधिवक्ता शाक्यले बृहत् लोकतान्त्रिक समावेशी (मेधेशी, आदिवासी, जनजाति) पेशागत कानून व्यवासायी समूहको नेतृत्व गरेका थिए भने वरिष्ठ अधिवक्ता खनालले प्रगतिशील, पेशागत, देशभक्त तथा समावेशी कानून व्यवसायी समूहको नेतृत्व गरेका थिए ।

नयाँ कार्यसमितिको उपाध्यक्ष मुकुन्दप्रसाद पौडेल, सचिव ऋषिराम घिमिरे, सहसचिवमा शर्मिला श्रेष्ठ, कोषाध्यक्षमा विनोदकुमार कार्की विजयी भएका छन ।

महिला सदस्यमा अमिता गौतम पौडले, सदस्यहरुमा अनन्त कार्की, अनन्तराज लुइँटेल, तिलकविक्रम पाण्डे, दिपनारायण शाह, विकास भट्टराई, राजेन्द्रप्रसाद साह, मिराज श्रेष्ठ, डा रामहरि त्रिपाठी र निर्मला भण्डारी विजयी भएका छन् ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ७ : ५९ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%