२८ मंसिर २०८२, आइतबार | December 14, 2025

गुल्मीमा अटो दुर्घटना, एक जनाको मृत्यु, चार जना घाइते



गुल्मी । गुल्मीमा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने, ४ जना घाइते भएका छन् ।

गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर-१३ दुबिचौरमा लु १ ह २७४३ नम्बरको अटो दुर्घटना हुदा चालक रेसुङ्गा नगरपालिका वडानम्बर–१२ घर भएका तेजबहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

गौँडाकोटबाट तम्घासतर्फ जाँदै गर्दा अनियन्त्रित भइ सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

अटोमा सवार घाइते ४ जनामध्ये २ जनाको गुल्मी अस्पताल र २ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटना भएको थाहा पाएपछि नजिकै रहेको सशस्त्र प्रहरी बल ३७ नम्बर गुल्मका प्रहरी निरीक्षक नारायणप्रसाद सेढाई र नेपाल प्रहरीका टोलीले उद्धार गरेका थिए ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ९ : १८ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%