२८ मंसिर २०८२, आइतबार | December 14, 2025

गुट उपगुटमा लाग्नेलाई वामदेवको झड्का : दाहाल-नेपालको गुटगत भेला बहिष्कार



काठमाडौं । जब सत्तारूढ दल नेकपा अत्यन्तै संकटपूर्ण अवस्थामा पुग्छ, त्यतिबेला नेकपाका वरिष्ठ उपाध्यक्ष वामदेव गौतम सबैभन्दा बढी चिन्तित हुँदै पार्टीलाई फुटबाट जोगाउने गरी महत्वपूर्ण भूमिकामा देखा पर्छन् ।

शुक्रबार वरिष्ठ उपाध्यक्ष गौतमले यस्तै भूमिका खेलेर गुट उपगुटमा लाग्नेहरूलाई ठूलो झड्का दिएका छन् । शुक्रबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पेरिसडाँडामा आयोजना गरेको गुटगत बैठकलाई उपाध्यक्ष गौतमले बहिष्कार गरेर आफू कुनै पनि गुटको भेलामा नजाने महत्वपूर्ण सन्देश दिएका छन् ।

वामदेवले गुटगत भेला बहिष्कार गरी पार्टी एकता जोगाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास आम कार्यकर्ताले समेत गरेका छन् । गौतमले आफू कुनै पनि गुट भेलामा नजाने तर पार्टीका बैठक भने नछोड्ने स्पष्ट पारेका छन् । स्रोतका अनुसार पेरिसडाँडामा भएको गुटगत भेलामा अध्यक्ष दाहाल तथा वरिष्ठ नेता नेपाललगायतका नेताले गौतमलाई आउन बारम्बार आग्रह गरेका थिए ।

गौतमले पार्टीको बैठकमा आफू आउने तर कुनै प्रकारको गुटगत भेलामा जान नसक्ने भन्दै भेला बहिष्कार गरिदिएका थिए । शुक्रबार पेरिसडाँडामा भएको भेलामा नगएका उपाध्यक्ष गौतमले अहिलेको यो संकटपूर्ण अवस्थामा भेला गर्ने समय नभएर बैठकबाटै आवश्यक निष्कर्ष निकाल्दै एकताको सन्देश दिनुपर्ने बताएका छन् । ‘अहिले कसैले पनि गुटगत भेला गर्दै हिँड्ने बेला होइन । बैठकबाटै सबै समस्याको समाधान खोज्नुपर्छ,’ गौतमले भने ।

यसअघि पनि गौतमले पार्टी फुटकै अवस्थामा जानै लाग्दा प्रधानमन्त्री केपी शर्मा ओलीलाई महाधिवेशनअघि प्रधानमन्त्री र अध्यक्षबाट हटाउन नहुने र अर्का अध्यक्ष दाहाललाई पूर्ण कार्यकारी अध्यक्षको भूमिका दिने गरी संकट व्यवस्थापनको खाका ल्याएका थिए । उनको सो खाकाले पार्टीलाई एक बनाउन महत्वपूर्ण भूमिका खेलेको थियो ।

गौतमले ओली तथा दाहाल-नेपाल दुवै समूहले गर्दै आएको गुटगत भेला पूर्ण रूपमा रोकिनुपर्ने अडान राख्दै आइरहेका छन् । सचिवालयमा दाहाल-नेपाल पक्षसँगै रहेका गौतम दाहाल नेपालले गुटगत भेला गर्ने क्रम बढाएपछि सो पक्षसँग रुष्ट हुन थालेको स्रोतको भनाइ छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ७ : ०७ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%