२८ मंसिर २०८२, आइतबार | December 14, 2025

सेनाले बनाएको ट्रष्टमा पालिकाको हाटबजार



बुटवल । नेपाली सेनाले रुपन्देहीको मर्चवारमा बनाएको ट्रष्टघरमा गाँउपालिकाले हाटबजार संचालन गर्ने भएको छ । नेपाली सेनाको गरुडदल गणले निर्माण गरेको ट्रष्टघरमा मर्चवारी गाँउपालिकाले हाट बजार संचालन गर्न थालेको हो ।

नेपाली सेनाको सामाजिक(आर्थिक विकासका पुर्वाधार निर्माण कार्यक्रम अन्तरगत गरुडदल गणले मर्चवारीको महुवारीमा व्यवस्थित हाटबजारका लागि ट्रष्टघर निर्माण गरेको नेपाली सेनाले जनाएको छ । सैनिक नागरिक सम्बन्धलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ सो ट्रष्टघर निर्माण गरिएको सेनाले प्रकाशन गरेको बिज्ञप्तिमा उल्लेख छ ।

उक्त ट्रष्टघरलाई नेपाली सेनाको २२ नम्बर बाहिनी अड्डाका बाहिनीपति सुदर्शन सिलवालले एक कार्यक्रमका बीच मर्चवारी गाँउपालिकाका अध्यक्ष केशवानन्द बनियालाई हस्तान्तरण गरेका छन् । हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बाँनियाले नेपाली सेनाको यस प्रकारको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा समेत सेनासँग सहकार्यको अपेक्षा गरेका थिए ।

नव निर्मित हाटबजार घरबाट करिब ४,००० स्थानीय व्यक्ति लाभान्वित हुने सेनाले अपेक्षा गरेको उल्लेख गर्दै सेनाको बिज्ञप्तिमा नेपाली सेना सिमित साधन स्रोतको बाबजुद स्थानीय जनताको आवश्यकता पुरा गर्न सदैव प्रयत्न शिल रहेको जनाएको छ ।

 

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ९ : ४२ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%