काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजेदेखि सुरुभएको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रस्ताव पेश गरेका छन् ।
अबको बैठकमा दुवै प्रस्तावमाथि छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । श्रेष्ठले भने, ‘दुबै प्रतिवेदन अध्ययन गरेर मंसिर १६ गतेका लागि अर्को बैठक तय भएको छ । बाँकी छलफल त्यहीँ हुन्छ ।’ श्रेष्ठले प्रधानमन्त्री ओलीले पेस गरेको प्रस्ताव सबै सचिवालय सदस्यलाई अध्ययनका लागि वितरण गरिएको जनाए ।
१६ गतेको बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्नेछ । आजको बैठकमा ओली, प्रचण्डसहित चार नेताले आफ्नो धारणा राखेको बताइएको छ ।
प्रतिक्रिया