२८ मंसिर २०८२, आइतबार | December 14, 2025

कोरोना संक्रमितको उपचार निःशुल्क गर्न तीन निजी अस्पताललाई प्रदेश १ का मुख्यमन्त्री राईको निर्देशन



मोरङ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकासमन्त्री जीवन घिमिरेले मोरङ जिल्लामा निजी क्षेत्रबाट सञ्चालित तीन कोभिड अस्पतालको शुक्रबार अनुगमन गरे ।

नागरिकले निजी क्षेत्रको अस्पतालबाट कोभिड सङ्क्रमित बिरामीको उपचार नपाई अनाहकमा मृत्यु हुने, निःशुल्क उपचार गर्नुपर्नेमा शुल्क लिएको, अत्यधिक लिने, धरौटी रकम राख्नु पर्नेलगायतका गुनासा आएकाले अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा मुख्यमन्त्री समक्ष मोरङको बुढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा कोभिड बिरामीका आफन्तले मङ्सिर ८ गते अगाडिसम्म रु तीन लाखसम्म धरौटी राख्नुपर्ने, सरकारले तोकेकोभन्दा ज्यादा साधारण, सघन उपचार कक्ष तथा भेन्टिलेरमा उपचार गराउँदा रु १५ हजारदेखि रु ३० हजारसम्म दैनिक तिर्नुपरेका गुनासो व्यक्त गरेका थिए ।

भोजपुर हतुवागढी-४ का राजकुमार राईले आफ्नो फुपू सङ्क्रमित भएको र उपचारका लागि अस्पताल ल्याउँदा रु तीन लाख धरौटी माग भएकोमा भनसुनबाट रु ५० हजार धरौटी राखेको मुख्यमन्त्रीलाई जानकारी दिए । उनीहरुले अस्पतालबाट सेवा सुविधा भने राम्रो रहेको जानकारी गराए ।

सो अवसरमा मुख्यमन्त्री राईले अस्पताल प्रशासनलाई सङ्घीय सरकारको नीतिअनुसार मङ्सिर ३ गतेदेखि निजी क्षेत्रको कोभिड अस्पतालले सङ्क्रमित बिरामीको उपचार निःशुल्क गर्न निर्देशन दिए । उनले म उपचार गर्छु भन्ने बाहेक सङ्क्रमितको उपचारको खर्च सरकारले भुक्तानी दिने हुनाले सबैको उपचार निःशुल्क गर्न निर्देशन र्दिए ।

महामारीको यस समयमा कोरोनो नियन्त्रण, रोकथाम गर्नु हामी सबैको कर्तव्य भएकाले नागरिकलाई अकाल मृत्युबाट जोगाउन उपचार सेवालाई सहज र निःशुल्क गरिएको हुनाले सोहीअनुसार गर्न आग्रह गरे ।

उनले बिरामीका आफन्तबाट आएका गुनासासम्बन्धी अस्पताल जिम्मेवार पक्ष र प्रशासनसँग बसेर छलफल गरी सम्बोधन गर्ने बताए । सामाजिक विकासमन्त्री जीवन घिमिरेले सङ्घीय सरकारको प्रोटोकलअनुसार निजी क्षेत्रको कोभिड अस्पतालले नागरिकलाई निःशुल्क उपचार उपलव्ध गराउनुपर्छ भने ।

अस्पतालका निर्देशक डा ज्ञानेन्द्र कार्कीले सरकारको परिपत्र अस्पष्ट रहेको हुनाले सक्षमबाहेक गरिब, असहायलाई स्थानीय निकायको पत्रअनुसार यही मङ्सिर ८ गतेदेखि निःशुल्क उपचार सेवा दिइरहेको बताए ।

उनले कोभिड सङ्क्रमित उपचारमा खट्ने चिकित्सकको मासिक रु दुई लाख २० हजार र स्टाफ नर्सलाई रु एक लाख २८ हजार तलब भुक्तानी दिएको बताउँदै सेवाअनुसार सरकारबाट पाउने रकम न्यून भएको गुनासो व्यक्त गरे ।

मुख्यमन्त्री राईले विराटनगर-४ स्थित नोबेल शिक्षण अस्पतालको र न्यूरो अस्पताल विराटनगर-९ को पनि आज निरीक्षण गरे । अनुगमनका क्रममा मुख्यमन्त्री समक्ष बिरामीका आफन्तले नोबेल अस्पतालको सघन कक्षमा बिरामी भेट्न जाँदा प्रत्येक पटक रु दुई हजार मूल्य बराबरको पीपीई लगाउनु पर्ने प्रावधान राखेको र चिकित्सकबाट गुणस्तरीय सेवा सुविधा नपाएको गुनासो राखे ।

नोबेल अस्पतालले कोभिड बिरामीसँग दैनिक रु २० उपचार खर्च लिने गरेको छ भने न्यूरो अस्पतालले रु ३० हजार लिने गरेको छ । सो अवसरमा नोबेल अस्पतालका प्रबन्धक राजेश नेपालले सङ्घीय सरकारको निःशुल्क उपचारको पत्र नआएकाले शुल्क लिएको बताए ।

यसैगरी न्यूरो कोभिड अस्पतालले सङ्क्रमितसँग दैनिक रु ३० हजार उपचार सेवा लिइरहेको अस्पतालमा उपचार गराइरहेका बिरामीका आफन्तले बताएका छन् ।

सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले सङ्क्रमितको उपचार खर्च सरकारले दिने हुनाले अविलम्ब निःशुल्क उपचार सेवा प्रवाह गर्न अस्पताललाई निर्देशन दिए । रासस

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ६ : ५७ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%