२३ भदौ २०८१, आइतबार | September 8, 2024

गुल्मीमा जीप दुर्घटना, ५ जनाको मृत्यु



गुल्मी । शुक्रबार बिहानै गुल्मी जिल्लाको इस्मा गाउँपालिकामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

इस्मा गाउँपालिका वडा नं. ४ दोहलीस्थिल हुलबाट सदरमुकाम तमघासका लागि छुटेको लु १ ज ११६६ नं.को जीप बिहान साढे ७ बजे दुर्घटनामा परेको थियो ।

दुर्घटनामा चार जना पुरुष र एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । मृत्यु हुनेमा इस्मा गाउँपालिका–४ का ६५ वर्षीय डम्बर हितान, ३० वर्षीय वसन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी ३३ वर्षीय शिव दर्लामी रहेका छन् । यस्तै, मालिका गाउँपालिका–५ का ८० वर्षीया सुन्दरी थापाको पनि मृत्यु भएको छ ।

जीपमा सवार इस्माका १९ वर्षीय फर्सुाराम थापा, २८ वर्षीया सरस्वती दर्लामी र २५ वर्षीय कमल हितान घाइते भएका छन्। घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भैरहेको छ । जीप चालक बुद्ध बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ९ : १९ बजे

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

बुटवलको हैदराबादी बिरयानीमा कुहिएको मासु प्रयोग हुने गरेको फेला

बुटवल । मानिसको ज्यानै जान सक्ने गरि कुहिएको मासु राखेर