४ बैशाख २०८२, बिहिबार | April 17, 2025

मंसिर ११ गते भारतीय विदेश सचिव आउँदै



काठमाडौं । परराष्ट्र सचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेश सचिव हर्षवद्र्धन श्रृङ्गाला यही मङ्सिर ११ गते बिहीबार नेपालको द्विदिवसीय भ्रमणमा काठमाडौँ आउने निश्चित भएको छ ।

परराष्ट्रमन्त्रालयले भारतीय विदेशसचिवको भ्रमणको कार्यसूचि सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले भ्रमणको पहिलो दिन नेपाल– भारत परराष्ट्र सचिवस्तरीय वार्ता हुने र त्यसमा द्विपक्षीय सम्बन्ध एवं सहयोगका विविध विषयमा छलफल हुने जनाएको छ ।

दुई देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदानकै निरन्तरताका सिलसिलामा भारतीय विदेश सचिवको भ्रमण हुन लागेको मन्त्रालयले बताएको छ ।

बिहीबार नै भारतका विदेश सचिवले नेपालका उच्चपदस्थ व्यक्तित्वसँग शिष्टाचार भेट गर्ने तथा कोभिड–१९ सम्बन्धी भारतीय सहायता हस्तान्तरण गर्ने कार्यक्रम रहेको मन्त्रालयले अपराह्न जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

विदेश सचिव श्रृङ्गाला मङ्सिर १२ गते नयाँदिल्ली प्रस्थान गर्नेछन् ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ४ : ४२ बजे

उत्पादन कर्णालीमा, व्यापार काठमाडौँमा

काठमाडौँ । कर्णालीसहित देशका विभिन्न भूभागका जैविक उत्पादन यहाँ उपलब्ध

एक करोड १५ लाख लिटर दूध प्रशोधन

भरतपुर । चितवन मिल्कले एक वर्षमा एक करोड १५ लाख

बिस्काःसगुन जात्रा सम्पन्न

भादगाउँ । बिस्का जात्राको आठौँ दिन आज भक्तपुरमा द्यो स्वगं

धौलागिरिमा तीन वटा लामा झोलुङ्गे पुल निर्माण सुरु

म्याग्दी । धौलागिरि गाउँपालिकामा तीन वटा लामा झोलुङ्गे पुल निर्माण

देशमा आज स्थानीय, पश्चिमी र न्यूनचापीय वायुको प्रभाव

काठमाडौं । हाल देशमा स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहनका