काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले भेट गरेकी छिन् ।
राजदूत यान्छीले सोमबार बिहान अध्यक्ष प्रचण्डको निवास खुमलटार पुगेर भेटवार्ता गरेकी हुन् ।
सत्तारूढ पार्टीभित्र चलेको चरम अन्तर्संघर्षकै बीचमा राजदूत यान्छीले सो पार्टीका दुई शिर्ष नेतृत्वसँग गरेको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यसअघि उनले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी थिइन ।
चीनबाट स्टेट काउन्सिलर एपरवं रक्षामन्त्री जनरल वेई फेङहेको केहीदिनभित्रै नेपालको उच्चस्तरीय भ्रमण हुन लागेको छ ।
भ्रमणको सफलता नेकपाभित्रको विवाद व्यवस्थापनमा समेत झल्किने प्रष्टै छ । त्यसैले पनि राजदूत यान्छीको दौडधुप बढेको बुझ्नसकिन्छ ।
नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच उच्चस्तरको भाइचारा सम्बन्ध रहेको छ ।
प्रतिक्रिया