११ आश्विन २०८१, शुक्रबार | September 27, 2024

एन्टिवडी परीक्षणका लागि नमूना सङ्कलन



काठमाडौं । समुदास्तरमा कोरोना भाइरस ९कोभिड– १९० को सङ्क्रमण फैलिएकोबारे एन्टिवडी परीक्षणका लागि नमूना सङ्कलन गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनका सहयोगमा सातवटै प्रदेशमा नमूना सङ्कलन गरेको हो ।

महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले सङ्कलन गरिएको रगतको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिने बताए । ‘सातवटै प्रदेशमा विभिन्न समुदाय र समूहका मानिसको नमूना सङ्कलन गरिएको छ’, उनले भने, ‘अव चाँडै नै परीक्षण गरेर सङ्क्रमणको अवस्था पत्ता लगाइने छ ।’

उनले परीक्षणका लागि चाहिने रिएजेन्ट आउने ढिलाइ भएकाले परीक्षण अर्को हप्ता मात्र गरिने बताए । परीक्षण गरेको एक हप्तामा नै नतिजा आउने उनको भनाइ छ । सरकारले कोभिड—१९ को सङ्क्रमण समुदायस्तरमा फैलिएको छ वा छैन भन्नका लागि अवस्थाबारे एन्टिवडी परीक्षण गरेर ‘सेरो प्रिभिलेन्स’ सर्वेक्षण गर्न थालेको हो ।

नेपाल अहिले संक्रमणको दोस्रो चरणमा रहेको मानिएको छ । नमूना परीक्षण गरेपछि नेपालमा कुन तहमा सङ्क्रमण फैलिएको भन्ने पत्ता लाग्नेछ । सङ्क्रमित भएको व्यक्तिबाट अर्को व्यक्तिमा सङ्क्रमण सर्नुलाई दोस्रो चरण मानिन्छ ।

सङ्क्रमणको तेस्रो चरण भनेको समुदायमा सङ्क्रमण फैलिएको भन्ने हुन्छ । नेपालमा कुनै खासखास ठाउँमा ९क्लस्टर० मा सङ्क्रमण फैलिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा पहिलो पटक गत माघ १० गते नेपालमा पहिलो सङ्क्रमण देखिएको थियो । नेपालमा अहिलेसम्म एक लाख ७६ हजार ५०० सङ्क्रमित फेला परिसकेका छन् ।

महाशाखाले एन्टिवडी परीक्षणका लागि प्रत्येक प्रदेशमा छ समूह परिचालन गरेको छ । महाशाखाका जनस्वास्थ्य अधिकृत रामकुमार महतोले प्रत्येक प्रदेशका ३० वटामा रहेका मानिसको रगतको नमूना सङ्कलन गरिएको बताए । उनका अनुसार एक वडामा १५ जनाको दरले नमूना सङ्कलन गरिएको छ ।

प्रत्येक प्रदेशमा ४५० जनाको दरले तीन हजार १७० जनाको नमूना सकलन गरिएको छ । नमूना सङ्कलन गरिएकामा बच्चा, वृद्धा, महिला, युवालगायत विभिन्न उमेर समूह र समूहका ट्राभल हिस्ट्री भएका र नभएका मानिस तथा सङ्क्रमित भएका र नभएका रहेका छन् । रासस

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  १ : ४२ बजे

अबिरल वर्षासंगै आएको पहिरोको बुटवल-पाल्पा सडक अवरुद्ध

बुटवल । अबिरल वर्षासंगै आएको पहिरोको सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल-पाल्पा

लुम्बिनी बौद्ध विश्वविद्यालयमा चिनिया भाषा टेष्ट सेन्टर , मुख्यमन्त्रीद्धारा उद्घाटन

लुम्बिनी । लुम्बिनी बौद्ध विश्व विद्यालयमा चिनिया भाषा प्रशिक्षण तथा

श्रीलंकन पूर्व राष्ट्रपति गोटावायलाई लुम्बिनीमा स्वागत

लुम्बिनी । श्रीलंकाका पूर्व राष्ट्रपति गोटावाया राजापाक्षलाई लुम्बिनी विकास कोषले

एमाले नेतृ बराल भन्छिन्- प्रविधिको दुरुपयोग गरेर चरित्र हत्या गरियो, कानुनी निष्कर्षको प्रतिक्षामा छु

काठमाडौं । नेकपा एमालेकी सचेतक सुनिता बरालले प्रविधिको दुरुपयोग गरेर

मौसम प्रतिकूल भएपछि भोलि बिहानसम्मका सबै आन्तरिक उडान स्थगित

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसममा आएको खराबीका