२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

दाङको लमहीका ६४ वर्षिय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा नेपालगन्जमा मृत्यु



नेपालगन्ज । दाङको लमहीबाट उपचारका लागि भेरी अस्पताल नेपालगन्ज भर्ना भएका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गत १३ गते कोरोना संक्रमण पुष्टि भएपछि १४ गते भेरी अस्पताल नेपालगन्ज भर्ना भएका लमही नगरपालिका १० का ६४ वर्षिय पुरुषको साँझ ९ बजे मृत्यु भएको कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

मृतकलाई अक्सीजन, भेन्टिलेटर, एन्टिबायोटिक लगायत सबै प्रबिधिबाट उपचार गराउँदा पनि बचाउन नसकिएको संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए ।

आज मृत्यु भएसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचारकालागि आएर मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहिबार  १० : ५६ बजे

संसद भवनमा प्रतिपक्षी दलहरुको बैठक, सत्तापक्षका नेता पनि सहभागी

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका

टी-२० को पहिलो खेलमा नेपालद्वारा अमेरिका पराजित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो टी-२० आई खेलमा

कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली सडक तीन दिन बन्द

मकवानपुर । कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द हुने

प्रचण्डले बोलाए विपक्षी दलहरुको बैठक

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी

बुद्धमाई अस्पताललाई एक लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरवाही