२५ चैत्र २०८१, सोमबार | April 7, 2025

महेन्द्रनगरमा आधुनिक बधशाला सञ्चालन



कञ्चनपुर । भीमदत्त नगरपालिकाको महेन्द्रनगरस्थित सब्जीमण्डीमा आधुनिक बधशाला सञ्चालनमा आएको छ ।

पशुपक्षी निर्देशनालय र नगरपालिकाको ५० लाखको लागतमा बधशाला निर्माण गरिएको हो । बधशालामा ५० खसी, बोका र ५०० कुखुरा एकैसाथ बध गर्न सकिने व्यवस्था गरिएको छ ।

कुखुरा र खसी बोका बध गर्नका लागि भवनमा अलग–अलगरूपमा व्यवस्था गरिएको छ । बधशालाका लागि निर्माण गरिएको भवनमा पशु बध गर्ने, बर्निङ गर्ने उपकरणसँगै, सफाइ गर्ने मेसिन, क्रेन, जेनेरेटरलगायत उपकरण जडान गरिएका छन् ।

बधशाला सञ्चालनका लागि नगरपालिकाले कञ्चनपुर मण्डी व्यवसायी सङ्घसँग सम्झौता गरेको छ । “मासुको कारोवारलाई व्यवस्थित बनाउनका लागि बधशाला सञ्चालन गरेका छौँ”, नगरप्रमुख सुरेन्द्र विष्टले भने, “नगरवासीलाई स्वच्छ, ताजा मासुको आपूर्तिमा जोड दिनका लागि काम अगाडि बढाइएको छ ।”

दुई दशकअघि बधशला निर्माणका लागि भवन निर्माण गरिएको भए पनि सञ्चालनमा भने आउन सकेको थिएन । पशु बधशाला र मासु जाँच नियमावली, २०५७ अनुसार बधशाला सञ्चालन हुने नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले बताए ।

बधशाला निर्माण भएपछि अव्यवस्थितरूपमा पशुबध गर्ने कार्यको अन्त्य भएको पशु बधशाला निर्माण तथा सुधार समितिका अध्यक्ष तर्कराज भट्टले बताए । “तरकारी व्यवसायसँगै मासुका लागि पशुपन्क्षी बध गर्ने कार्यसँगसँगै हुँदा निकै समस्या थियो”, उनले भने, “पशु बधशाला सञ्चालनमा आएपछि बजार क्षेत्रको दुर्गन्ध हटेको छ । मासुको कारोवारसमेत व्यवस्थित भएको छ ।”

बधशालाको सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा किसनलाल भट्ट र नगरप्रमुख सुरेन्द्र विष्टले शनिबार उद्घाटन गरेका हुन् ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ८ : ५३ बजे

रास्वपाका सभापति रवि लामिछाने भैरहवा कारागार चलान

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई

होटल पौवामा स्वाद उत्सव तथा सम्मान कार्यक्रम

बुटवल । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ

जनमत-उन्मुक्ति बिच बैशाख १५ मा एकीकरण, पार्टीको नाम जनमत, चुनाव चिन्ह ढकिया

बर्दिया । अन्ततः जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरण

रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै

बुटवल । बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा सङ्गठित अपराध मुद्दामा

‘संविधान संशोधनको लागि सबै दलहरु मिल्नुपर्छ’ : सांसद आचार्य

काठमाडौं । विसं २०३३ देखि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी