काठमाडौं । देशको पहाडी भू-भागको मौसममा आंशिक बदली रहेको छ ।
बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना छ ।
भोलि प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, पर्सि प्रदेश १ का एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रतिक्रिया