२३ भदौ २०८१, आइतबार | September 8, 2024

बोक्सीको आरोपमा हुने अमानवीय क्रियाकलाप रोक्न गृह मन्त्रालयको निर्देशन



काठमाडौं । गृहमन्त्रालयले बोक्सी र छुवाछुतको आरोपमा अमानवीय क्रियाकलाप रोक्न मातहतका निकायलाई आवश्यक निर्देशन दिएको छ ।

तराई लगायतका विभिन्न जिल्लामा महिलालाई बोक्सीको आरोप लगाउने, मलमुत्र खुवाउने तथा यातना दिनेसम्मका अमानवीय र जघन्य आपराधिक गतिवधि हुने गरेको पाइएको भन्दै मन्त्रालय त्यस्ता कार्य रोक्न र दोषीलाई तत्काल नियन्त्रणमा लिई कारवाहीको दायरामा ल्याउन मातहतका निकायलाई निर्देशन दिएको हो ।

मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिँदै मातहतका निकायमार्फत त्यस्ता गतिविधि विरुद्ध आवश्यक कारबाही अघि बढाउन र त्यसको कार्यप्रगति मन्त्रालयमा पठाउन भनेको छ ।

समाजमा घट्न सक्ने कुनै पनि घटनाका सम्बन्धमा पूर्व सूचना लिई अवाञ्छित गतिविधि हुन नदिन र घटना घटेमा तथ्यगत विष्लेषण गरी कानुन अनुसार कारवाही गर्न, दण्डनीय हुने फौजदारी कसुरका विषयमा मेलमिलाप नगराउन तथा प्रहरी कार्यालयमा कुनै छलफल र पञ्चायती नगर्न समेत भनेको छ ।

परम्पराको नाममा हुने अन्धविश्वास, रुढीबादी संस्कृतिका विरुद्धमा स्थानीय न्यायिक समिति, सम्बन्धित निकाय र सरोकारवाला संस्थासँग समन्वय गरी वृहत सचेतना अभियान सञ्चालन गर्नसमेत मन्त्रालयले मातहतका निकायलाई आग्रह गरेको छ । रासस

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ६ : ४८ बजे

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

बुटवलको हैदराबादी बिरयानीमा कुहिएको मासु प्रयोग हुने गरेको फेला

बुटवल । मानिसको ज्यानै जान सक्ने गरि कुहिएको मासु राखेर