२८ मंसिर २०८२, आइतबार | December 14, 2025

हिमचितुवा शर्पाको निधनले पर्यटन मन्त्री भट्टराई स्तब्ध



काठमाडौं । नेपालको पर्वतीय पर्यटनका क्षेत्रमा हिमचितुवाका नामले सुपरिचित साहसिक व्यक्तित्व आङरिता शेर्पाको हिजो भएको निधनप्रति पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराईले दुःख व्यक्त गरेका छन् ।

मंगलबार शोक बिज्ञप्ति प्रकाशित गर्दै मन्त्री भट्टराईले शेर्पाको निधनले आफु स्थब्ध भएको बताएका छन् ।

शेर्पाको सोमबार विहान १०ः०० बजे काठमाडौंको जोरपाटीमा ७२ वर्षको उमेरमा निधन भएको थियो ।

शोक विज्ञप्तिमा कृत्रिम अक्सिजनको सहयोग विना दश पटकसम्म विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका शेर्पाले नेपालको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा उच्च बनाउन महत्वपूर्ण योगदान पुगेको उल्लेख गरिएको छ ।

मन्त्री भट्टराईले शेर्पाको निधनले नेपालको पर्वतीय पर्यटनको क्षेत्रमा अपूरणीय क्षति पुगेको समेत बताएका छन् ।

सरकारले शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गर्ने निर्णय गरेको बिज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ३ : २७ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%