२८ मंसिर २०८२, आइतबार | December 14, 2025

डल्फिन क्षेत्रमा स्तम्भ निर्माण गरिने



कैलाली । कैलालीको भजनी नगरपालिका–३ दैलेखी टोलमा डल्फिनको स्तम्भ निर्माण गरिने भएको छ ।

करिब दुई दशक अगाडिदेखि डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण कार्य शुरु गरिएको सो टोलमा डल्फिनको स्तम्भ निर्माण गरिने भएको हो ।

डल्फिन संरक्षणको इतिहासलाई सधैंँभरि जीवन्त राख्न डल्फिनको प्रतिमासहितको स्तम्भ निर्माण गर्ने कार्यमा डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपाल र स्थानीय संरक्षणकर्मी जुटेका हुन् ।

संरक्षणको शङ्खफुक भएको स्थान ओझेलमा पर्दै गएको भन्दै डल्फिनको प्रतिमासहितको स्तम्भ निर्माण गरिने डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले जानकारी दिए ।

भजनी नगरपालिका–३, वडा नं ८ र टीकापुर नगरपालिका–७ को पथरैया र काँढा नदीको सङ्गम स्थान भजनी नगरपालिका–३ दैलेखी टोलमा डल्फिन स्तम्भ निर्माण गरिने संरक्षण नेपालका महसचिव जयप्रसाद ढुङ्गानाले बताए ।

पर्यटकीय हिसाबले डल्फिन क्षेत्रको प्रचारप्रसार भए पनि संरक्षणको उद्गम गाउँ ओझेलमा परेको महसुस गरिएको भन्दै महासचिव ढङ्गानाले सो क्षेत्रलाई प्रमुख पहिचानको रुपमा चिनाउने उद्देश्यले स्तम्भ निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको बताए ।

“डल्फिन स्तम्भ निर्माण गर्ने निर्णय गरिएपनि स्रोतसाधन आर्थिक अवस्था अभावका कारण समस्या हुने देखिएको छ”, उनले भने, “यसको लागि सरकारी, गैह्रसरकारी सङ्घ संस्थसँग समन्वय गरिने र नभए जनस्तरबाटै भए पनि स्तम्भ निर्माण गरिने छ ।”

डल्फिन स्तम्भ निर्माणका लागि स्थानीय संरक्षणकर्मी नेत्र देउवाको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ । दुई दशक पहिलेदेखि डल्फिनको संरक्षण र सम्बद्र्धनको अभियानमा जुटेका भोजराज श्रेष्ठ (गुलेलीबाजे) ले त्यस क्षेत्रको नेतृत्व र अगुवाइमा सयौं संरक्षणकर्मीको सहभागिता संरक्षणको अभियान सुरु गरिएको थियो ।

डल्फिन क्षेत्रको संरक्षण र सम्बद्र्धनमा टीकापुर नगरपालिकाले बढी चासो दिएको छ । राष्ट्रिय गौरबको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाले टीकापुर सर्किटमा डल्फिनमैत्री तटबन्धको काम समेत गरिसकेको छ भने डल्फिन क्षेत्रको अनुगमन तथा भ्रमणका लागि आउने पर्यटक पनि टीकापुर सर्किटबाट बढी आउने गरेका छन् ।

प्रकाशित मिति : २९ भदौ २०७७, सोमबार  ५ : १८ बजे

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई